Uncategorized

आज कार्तिक १ गतेबाट बुध ग्रहले आफ्नो चाल परिवर्तन गर्दै, यी ५ राशिलाई लाभै लाभ!

एजेन्सी – कार्तिक महिनाको पहिलो दिन दुई ग्रहले चाल परिवर्तन गर्दैछन्। कार्तिक १ गते सोमबार बुध र बृहस्पतिले चाल परिवर्तन गर्न लागेका हुन्। कार्तिक १ गते सोमबार मध्यान्न ११ बजेर ५४ मिनेटमा बुध र रातको ९ बजेर १ मिनेटमा बृहस्पतिले चाल परिवर्तन गर्नेछ।

सोमबारबाट दुवै ग्रह सुल्टो बाटोमा हुनेछन्। गएको केहि समय देखि वक्री अवस्थामा रहेका दुवै ग्रह गोचर अवस्थामा परिवर्तित हुनेछन्। बुध र बृहस्पतिले चाल परिवर्तन गर्दा सम्पूर्ण राशिलाई प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार बुध र बृहस्पतिको परिवर्तनले सबै भन्दा बढी निम्न राशि सकारात्मक असर पार्नेछ।

वृष राशि

लामो समय देखिको बनाइएका योजना सफल हुनेछन्। दिर्घकालिन कार्य शुरु गर्न सकिनेछ। दुई ग्रहले चाल परिवर्तन गर्दा व्यवसायमा मात्र नभई रोजगारको क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्नेछ। श्रमको उचित मूल्य पाउँदा काम गर्ने जाँगर बढ्नेछ। बौद्धिकताको उची मुल्यांकन होला। पुरस्कृत हुने अवसर मिल्ने योग देखिन्छ। प्रेम जीवनमा पनि यस परिवर्तनले सकारात्मक प्रभाव पार्नेछ।

कन्या राशि

यस चाल परिवर्तन कन्या राशि हुनेहरुका लागि धेरै नै विशेष सावित हुनेछ। प्रतिष्ठित काम गर्न सकिनेछ भने नयाँ कार्य थालनीका लागि आवश्यक श्रोत जुट्नेछ्न्। बेरोजगारहरुका लागि पनि दुई ग्रहको चाल परिवर्तन शुभ सावित हुनेछ, चाहेको क्षेत्रमा रोजगार मिल्नेछ। यात्राको योग पनि रहन सक्ला। स्वास्थ्यले साथ दिँदा शारीरिक श्रम पर्ने कठिन कार्यहरु सम्पन्न हुनेछन्। शिक्षाको क्षेत्रमा पनि यस परिवर्तनको राम्रै प्रभाव रहला।

वृश्चिक राशि

चाल परिवर्तनको सिधा प्रभाव व्यापार-व्यवसायमा पर्नेछ। पराक्रम बढ्नेछ भने बोलिको प्रभावका कारण महत्वपूर्ण कार्य सफल हुनेछ। सामाजिक कार्यले हौसला बढाउनेछ। अड्किएका काम सुचारु हुनेछन्। तारिफयोग्य काम गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। शत्रु सहजै पराजित हुनेछन् भने प्रतिष्पर्धाहरुमा सहजै विजयी भइनेछ। खेलाडीहरुका लागि पनि यस चाल परिवर्तन शुभ सावित हुनेछ।

धनु राशि

दुई ग्रहले चाल परिवर्तन गर्दा धनु राशि हुनेहरुलाई धेरै समस्या देखि छुटकारा मिल्नेछ। सामाजिक जीवन उल्लासमय रहनेछ। महत्वपूर्ण दायित्व बहन गर्न सकिँदा सम्मान मिल्नेछ। मेहनतले पदीय जिम्मेवारी दिलाउन सक्ला। राजनीतिमा सकारात्मक प्रभाव रहनाले महत्वपूर्ण पद मिल्न सक्ला। सरकारी क्षेत्रमा काम गर्नेहरुले पनि विभिन्न प्रकारका सफलता हात पार्नेछन्। शुभचिन्तकहरूको साथ–सहयोगले शत्रु पराजित हुनेछन्।

मीन राशि

दुवै ग्रहले चाल परिवर्तन गरेसँगै द्वेष तथा ईर्ष्या गर्नेहरू पराजित हुनेछन्। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। कठिन भन्दा कठिन चुनौतीको सहजै सामना गर्न सकिनेछ। भविष्यमा लामो समय सम्म आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सफल भइनेछ। लगनशीलताले लक्ष्य पुग्न सगाज बनाउनेछ। प्रेम जीवन उत्साहप्रद रहनेछ। वैदेशिक यात्राको योजना समेत सफल हुने देखिन्छ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१०:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :