भोलि असोज ३१ गते: राम्रो-नराम्रो कस्तो रहला तपाईको दिन? हेर्नुहोस् राशिफल!

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –


दिन मध्यम फलदायी रहनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। शारीरिक थकान अनुभव गर्नुहुनेछ। जिद्दीपनबाट टाढा रहनुहोला। स्वास्थ्यलाई विशेष ध्यान राख्नुहोला। सन्तानको विषयमा चिन्ता रहनेछ। कार्यमा  सफलता प्राप्त हुनेछ। कार्यको भागदौडको कारण परिवारको लागि कम समय निकाल्नुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिन मध्यम फलदायी रहनेछ। कुनै पनि कार्यलाई दृढ़ मनोबल एवम् पूर्ण विश्वासको साथ गर्नुहुनेछ। पिता एवम् पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। तपाई प्रति  पिताको व्यवहार शुभ रहनेछ। कलाकार तथा खेलाडीको लागि दिन शुभ रहनेछ। सन्तानमा खर्च हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिन तपाईको लागि लाभदायी रहनेछ। मित्र एवम् आफन्तसँग सम्बन्ध राम्रो रहनेछ। आर्थिक रुपले सजग रहनुहुनेछ। सावधानीपुर्वक लगानी गर्नुहोला। तपाईको मन चंचल रहनेछ र विचारमा शीघ्र परिवर्तन आउनेछ। तन-मनबाट स्फूर्तिको आभास रहनेछ। नयाँ कार्य आरम्भ गर्नुहुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिन मध्यम फलदायी रहनेछ। तपाईको मनमा ग्लानि रहनेछ। स्वास्थ्य शुभ रहनेछैन। आँखामा समस्या हुनेछ। परिवारबीच मनमुटाव हुन सक्छ।  मानसिक व्यवहार नकारात्मक रहनेछ। विद्यार्थीले पढाईमा सफलता पाउनेछन्। प्रकारको अनैतिक प्रवृत्तिबात टाढा रहनुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दिन शुभ फलदायी रहनेछ।  आत्मविश्वासले भरपूर रहनुहुनेछ। हरेक कार्य दृढ निश्चयको साथ सम्पन्न हुनेछ। सरकारी कार्यमा तथा सरकारबाट लाभ हुनेछ।  पिता तथा ठुलो मान्छेको  सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान मिल्नेछ। व्यवहारमा  उताउलोपन नदेखाउनुहोला। क्रोध अधिक रहनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दिन शारीरिक एवम मानसिक चिन्ताको बोझलाई दबाएर बित्नेछ। अदालती कार्यमा सावधान रहनुहोला।  आकस्मिक धन खर्च हुनेछ। मित्रसँग झगडा हुनेछ। धार्मिक कार्यमा खर्च हुनेछ। शान्त मनबाट कार्य गर्नुहुनेछ। क्रोधको कारण कार्य बिग्रिनेछ।  मानसिक व्यग्रता रहनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिन शुभफलदायी रहनेछ। भिन्न-भिन्न लाभ हुनेछ। मित्रसँग मेलमिलाप हुनेछ र केहि  मनोहर स्थलमा घुम्नु हुनेछ। गृहस्थ जीवनमा पुत्र एवम्  श्रीमतीबाट सुखको प्राप्ति हुनेछ। धनप्राप्तिको योग रहेको छ। व्यापारी वर्गलाई शुभ लाभ हुनेछ। स्त्री मित्रबाट लाभ हुनेछ। उत्तम वैवाहिक सुख प्राप्ति हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन शुभफलदायी रहनेछ। गृहस्थजीवनमा आनन्द र उल्लास रहनेछ। सबै कार्य बिना अवरोधको सम्पन्न हुनेछ। मान-सम्मान मिल्नेछ। पेसा , व्यवसायमा पदोन्नति हुनेछ। उच्च पदाधिकारी एवम् वृद्दको कृपा दृष्टि रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। धनलाभको योग रहेको छ। व्यापारीको  व्यापारको  हेतुले बाहिर जानुहुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यात्रा-प्रवास स्थगित गर्नुहुनेछ। शरीरमा थकान रहनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। मनमा चिन्ता र व्याकुलता रहनेछ। सन्तानको विषयमा चिन्ता हुनेछ। व्यवसायमा बाधा उपस्थित हुनेछ। भाग्यले साथ दिनेछैन। कार्यमा सफलता प्राप्तिको योग कम रहेको छ । उच्च पदाधिकारीको संघर्ष हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

अफिस एवम् व्यवसाय क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। अफिसको कार्यमा निपुणताले कार्य गर्नुहुनेछ। व्यावहारिक तथा सामाजिक कार्यलाई बाहिर जानुहुनेछ। खान-पान एवम् घुमफिरमा ध्यान राख्नुहोला। आकस्मिक खर्चको योग रहनेछ। क्रोध र निषेधात्मक विचारबाट टाढा  रहनुहोला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

दृढ मनोबल र आत्मविश्वास छल्किरहनेछ।  विपरीत लिंगीय व्यक्तिसँग परिचय हुनेछ र मित्रता बढ्नेछ। रुचिकर भोजन र नयाँ वस्त्र निकै मन पर्नेछ। विवाहित दम्पत्तिको उत्तम वैवाहिक सुख प्राप्ति हुनेछ। समाजमा मान-सम्मान वृद्धि हुनेछ। वाहनसुख प्राप्त हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दिन शुभफलदायी रहनेछ। मनोबल एवम् आत्मविश्वासको बढ्नेछ। स्वास्थ्य शुभ रहनेछ। घरमा शान्ति र आनन्दको  वातावरण रहनेछ। दैनिक कार्य राम्रोसँग बित्नेछ। प्रतिस्पर्धिले विजय प्राप्त गर्नेछ। स्वभावमा उत्तेजना रहनेछ। माईतबाट समाचार आउनेछ। सहकर्मी एवम् पेसामा सहयोग  मिल्नेछ।

प्रकाशित : शनिबार, असोज ३०, २०७८१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज असोज ३१ गते आईतबार,फलिफाप हुनेछ तपाईको दिन? हेर्नुहोस् राशिफल!