एक यस्तो देश जहाँ रुनको लागी गरिन्छ पहिले देखि तयारी!

हामी कुनै पनि काम गर्नको लागी त्यस कामसँग सम्बन्धि पुर्व जानकारी लिने गर्दछौ र त्यस कामसँग सम्बन्धित क्रियाकलाप गर्ने प्रयास गर्छौ । तर एक यस्तो अनौठो प्रचलन भएको देश, जहाँ रुनको लागी पुर्व तयारी गरिन्छ ।

उत्तर कोरियाको तानासाहको बारेमा थाहा नहुने मान्छे कमै मात्र होलान् । विभिन्न कार्यको कारण उत्तर कोरियाको शासक किम जोङ उन चर्चामा रहन्छन । उत्तर कोरियालाई एक गोप्य देश पनि भनिन्छ । जहाँ त्यस देशसँग सम्बन्धित कुनै पनि सुचना बाहिर आउँदैन ।

उत्तर कोरियामा एक अनौठो प्रचलन छ । उत्तर कोरियामा जसले सासन गरेको हुन्छ उसको मृत्यु पछि सबैजना जनता रुन पर्ने नियम छ । जसले यस्तो नियम मान्दैन, उसलाई किम जोङको परिवारबाट दण्डित हुनपर्छ। त्यसैले त्यस ठाउँको मानिसहरु सजाय पाउनबाट बच्नको लागी भए पानि रुने तयारी गर्छन् ।

किमले २०११ मा उनको बाबुको निधनपछि सासन गरेका हुन् । १९९४ मा उनको हजुरबुवाको निधन पछी किमको बाबु र उनले सत्ता समालेका थिए । त्यसपछि उनीहरुले एक नियम ल्याएका थिए । जसमा हरेक जनताको घरमा किमको हजुर बाबु र उनको बाबुको तस्बिर अनिवार्य हुनुपर्ने नियम बनाएका थिए।

जब किमको बाबुको मृत्यु भयो प्रजालाई शोक सभामा खुलेर रुने आदेश दिइयो । यस शोक सभामा, मानिसहरू कराइ-कराइ, र छाती ठोकेर रोए त्यस शोक सभा जो राम्रोसँग रुन सकेनन्। उनीहरुलाई भोलि पल्टबाट कतै पनि देखिएन । यस विषयमा सोशल मिडियाहरुमा निकै चर्चा बढेको थियो । यस सभामा जनतालाई यस कुराको प्रमाणित गर्नपर्ने थियो कि उनीहरु बितेका राजालाई धेरै माया गर्थे । १० दिनको शोक पछि थाहा भयो जसले राम्रो सँग रोएको थिएनन त्यसैले उनीहरुलाई ६ महिनाको कैदमा राखिएको रहेछ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समुन्द्रमा आफुलाई पारदर्शी बनाउछन यी जीवहरु, बन्दैन कसैको सिकार!