सूर्यले मानव जिवनमा उर्जा दिने गर्दछ । यस बाहेक कुण्डलीमा सुर्यको छुट्टै स्थान रहेको छ । यदि कुण्डलीमा सूर्य कमजोर छ भने व्यक्तिमा आत्मविश्वासको कमी आउँछ । उसले बारम्बार कोसिस गरेर पनि सफलता प्राप्त गर्दैन। कुण्डलीमा सूर्य कमजोर हुनाले व्यक्तिले आफ्नो प्रतिष्ठा गुमाउन सक्छ । यस्तो अवस्थामा सुर्य बलियो बनाउनु निकै आवश्यक हुन्छ । यसको लागि ज्योतिष शास्त्रमा केही सरल उपाय दिएको छ । तपाई यस मध्ये कुनै पनि एक काम गर्नु हुन्छ भने तपाइको भाग्य परिवर्तन हुनेछ ।

– हरेक दिन बिहान-बिहान दैनिक रुपम रातो फुलमा पानी हाल्नुहोस् । यस्तो गर्नाले कुण्डलीमा सूर्य मजबुत हुनेछ । तपाईको जीवनमा राम्रो फल दिनेछ ।
– हरेक आइतबार रातो रङ्गको गाईलाई गहु खुवाउनु होस् । गहुलाई केही सफा भाडामा हालेर दिनुहोस् । सम्भवत यस कमलाई दिउसोको समयमा गर्नु राम्रो हुनेछ ।
– हरेक दिन राति सुत्नु भन्दा पहिले एक तामाको भाडामा पानी भरेर विस्तारको नजिकै राख्नु होस् । र बिहान उठेर त्यस पानी पिउनुहोस् ।
– कुण्डलीमा सूर्य मजबुत बनाउनको लागी तामाको बाला बनाइ गला तथा हातमा लगाउनु होस् ।
– कुनै पनि महत्वोपूर्ण काममा जाँदै हुनुहुन्छ भने केही मिठो खाएर निस्कनुहोस् ।
– नुहाउने पानीमा रातो चन्दन मिसाउनुहोस् । यसो गर्नाले सूर्य देवले राम्रो फल दिनेछन् ।
