चर्चित फिल्म होस्टल रिटर्न्सबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समयमा उनको अभिनयको साथै म्युजिक भिडियोमा देखिएको सक्रियताको कारण अहिलेको युवापुस्ताको मनमा बस्न सफल छिन् ।
सामाजिक सञ्जाल हरुमा अभिनेत्री सुन्दरताको साथै अभिनयको निकै प्रशंसा भएको पाउन सकिन्छ । पछिल्लो समयमा अभिनेत्री अभिनय भन्दा पनि विभिन्न म्युजिक भिडियो तथा विज्ञापन हरुमा बढी मात्रमा देखिन थालेकी छिन् ।
पछिल्लो समय अभिनेत्री स्वस्तिमा अभिनीत फिल्म छक्का पञ्जा २, बुलबुल जस्ता फिल्मले राम्रो व्यापार गर्न सफल भएको थियो । अभिनेत्रीले फिल्म निर्माता तथा कलाकार निश्चल बस्नेत सँग विवाह गरेकी हुन् ।
पछिल्लो समयमा अभिनेत्री अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिया छिन् । भर्खरै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर पोस्ट गरेकी छिन् । जुन तस्बिर अहिले निकै भाइरल भइरहेको छ ।
अभिनेत्रीको तस्बिरमा विभिन्न कलाकार तथा फ्यानहरुले कमेन्ट गरिरहेका छन् । त्यसै क्रममा अभिनेत्री वर्ष राउतले पनि कमेन्ट गरेकी छिन् ।