सर्व पितृ अमावस्या यही बुधबार असोज ११ गते परेको छ । यस सर्व पितृ अमावस्यको दिन सोह्र श्राद्ध समाप्त हुनेछ। यस दिन यस्ता मानिसको श्राद्ध गरिन्छ जसको निधनको तिथि मिति थाहाँ हुँदैन । यस वर्ष यस सोह्र श्राद्धको अन्तिम दिन ११ वर्ष पछि एक अद्भुत योग बनेको छ । यस महा संयोगको दिन पितृहरुलाई तर्पण गर्नाले ठुलो लाभ मिल्ने भएको छ ।
शास्त्र अनुसार गज छाया योग मा श्राद्ध गरेर पूर्वजहरु प्रसन्न हुन्छन् र उनीहरुको कृपा हुनेछ । भनिन्छ यस दिन पितृको नाममा तर्पण गर्नाले १२ वर्ष देखि भोका रहेका पितृले तर्पण पाउने छन् ट प्रसन्न हुनेछन् । यस भन्दा पहिले यस संयोग २०६६ सालमा परेको थियो ।
सर्वपित्री अमावस्यामा तामाको भाँडामा गंगाजल लिनुहोस्। यदि गंगाजल उपलब्ध छैन भने शुद्ध पानी पनि लिन सकिन्छ। काचो गाईको दूध र केही कालो तिल पनि लिनुहोस् र यसलाई मिलानु होस् । कुनै स्टिल तथा कुनै अर्को शुद्ध भाडा लिनुहोस् र दक्षिण तिर उभिएर। बिस्तारै तामाको भाँडा बाट कुश सँगै अर्को तर्पण थाप्न राखेको भाँडामा जल छोड्नुहोस्। सावधान जललाई विस्तार-विस्तार छोड्नुहोस् । जल छोड्दै यस मन्त्र उच्चारण गर्नुहोस् । ‘ॐ पितृ गणाय विद्महे जगधारिण्ये धीमहि तन्नो पितरो प्रचोदयात्’
सर्वपित्री अमावस्या को मुहूर्त मंगलबार साझ ७:०४ मिनेटबाट शुरु भएर बुधबार दिउसो ४:३४ सम्म रहेको छ ।