हालै दक्षिण भारतीय फिल्म उद्योगको प्रसिद्ध जोडी सामन्था रूथ प्रभु र नागा चैतन्यले आफ्नो सम्बन्ध विच्छेदको घोषणा गरेका छन्। विवाहको वार्षिकोत्सवको केही दिन पहिले आएको यस खबरले अभिनेता तथा अभिनेत्रीको फ्यान लगायत भारतीय फिल्म जगतलाई हैरान बनाएको छ । सम्बन्ध विच्छेदको बारेमा दुवै अभिनेता तथा अभिनेत्रीले केही पानी सार्वजनिक गरेका छैनन् ।
यसै बिचमा बलिउडको चर्चित अभिनेत्री कंगना रनौतले सामन्था र नागा चैतन्य बिचको दुरीको कारण बताउँदै फिल्म उद्योगका एक सुपरस्टारमाथि गम्भीर आरोप लगाएकी छिन्।
अभिनेत्री कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टोरी राख्दै क्रोध व्यक्त गरेकी छिन् । उनको शब्दहरु सुपरस्टार आमिर खान तिर इशारा गर्दै छन्। तर अभिनेत्रीले यहाँ कसैको नाम लिएनन्।
अभिनेत्रीले एक पोस्ट गर्दै लेखेकी छिन् । ‘मेरो कुरा कसैलाई रुढिवादी लाग्न सक्छ तर ‘बलिउडका सम्बन्ध विच्छेद विशेषज्ञका कारण यी दुई अलग भएका छन्। तर भगवानले महिला र पुरुषहरु लाई सृष्टि गर्नुभएको छ। यस्ता मानिसहरु लाई कुनै दया देखाउनु हुँदैन, जो महिलाहरु लाई कपडा जस्तै परिवर्तन गर्छन् र पछि उनीहरुलाई राम्रो साथी बनाउँछन्।’ यति बेला अभिनेत्री यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यसको साथसाथै मानिसहरु उनको शब्दहरु बाट अनुमान लगाएका छन् कि अभिनेत्री सुपरस्टार आमिर खानको बारेमा कुरा गरेकी छिन्, जो हालै नागा चैतन्य अक्किनेनी सँग फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गरेका थिए ।