आगामी दशैँसम्म यी ४ राशि रहनुहोस् सावधान, कुन-कुन राशी हेर्नुहोस् ? हेर्नुहोस् !

वृष राशी

वृष राशिलाई यो महिनामा त्यति नहुन सक्छ। सोचे अनुरुप काम नबन्दा मन निराश रहन सक्छ। पारिवारिक माहोल तनाव पूर्ण हुनसक्छ । अनावश्यक खर्च बढ्नेछ साथै आर्थिक समस्याले सताउन सक्छ। साताको अन्त्यतिर भने समय अनुकूल रहनेछ। तपाईले सही निर्णय लिन सक्नुहुनेछ। शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ।

मिथुन राशी

नयाँ कार्य सुरु गर्नको लागि यो साता त्यति उचित नहोला। शैक्षिक क्षेत्रमा पनि सफलताका लागि कडा परिश्रम गर्नुपर्नेछ। कार्यक्षेत्रमा पनि सजग रहनु पर्ने स्थिति आउन सक्छ। वैदेशिक क्षेत्रबाट असफलता मिल्नेछ। यात्रामा समस्या आउने सम्भावना रहेको छ। घर-जग्गा तथा गाडी किन्ने किन्ने सम्बन्धी कार्य यो साता  नगरेकै राम्रो हुनेछ ।

वृश्चिक राशि

काममा आफ्नाबाट नै  बाधा बन्न सक्छन्। महत्वपूर्ण अवसर हातबाट फुत्किन सक्छ। कार्यक्षेत्रमा पनि तपाईको लागि समय अनुकूल नरहला । सामाजिक क्षेत्रमा तपाईको मान-सम्मानमा आँच आउन सक्छ, सजग रहनुहोला। साथी-भाइसँग भने केही रमणीय भेटघाटमा विवाद हुनसक्छ ।

कन्या राशि

यस हप्ता कन्या राशिका मानिसको लागि फलदायी भन्दा पनि नोक्सानी साबित हुनेछ। अनावश्यक खर्चा बढ्नाले आर्थिक समस्याले सताउन सक्छ।  काम देखाएर उच्चा अधिकारिलाई प्रभावित पर्न मुस्किल हुनेछ। साताको अन्त्यतिर भने आर्थिक लाभ पनि प्राप्त हुनसक्छ। पारिवारिक वातावरण अनकुल रहनेछ।

प्रकाशित : आइतबार, असोज १७, २०७८१४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पाथिभरा माताको आशिर्वादले भोलि अशोज १८ गते सोमबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस राशिफल !