अहिलेको समयम सामाजिक सञ्जाल टिकटक निकै प्रचलित भएको छ । केही समय पहिले निकै असभ्य भएको भन्दै छिमेकी देशमा भारतमा सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाइएको थियो । तर पछिल्लो समय नेपालमा भने टिकटक निकै प्रचलित भएको छ
सर्वसाधारण देखि ठुला सेलिब्रेटी सम्मले अहिलेको समयमा टिकटक चलाउने गरेका छन् । त्यसतै केही साधारण मनिसहरु टिकटक चलाएर सेलिब्रिटी बनेका छन् । पछिल्लो समय यातकेही मानिसहरु टिकटक लाइभमा बसेर पैसा कमाएको भन्ने कुरा समाचार तथा युटुबमा लिएको अन्तर्वार्ताबाट थाहा पाउना सकिन्छ ।
त्यसतै केही समय यता सामाजिक सञ्जालमा टिकटकमा सेलिब्रिटी मात्र नभई विभिन्न कारणले भाइरल बनेका कलाकार तथा सर्वसाधारण पनि टिक टक लाइभ आउने क्रममा बढेको छ । त्यसतै केही दिन यता विभिन्न कारणले भाइरल बनेका पुण्य गौतम पनि सामाजिक सञ्जाल टिकटकमा लाइभ आउन थालेका छन् । यतिबेला पुण्य गौतमको टिकटकमा आएर गरेको हर्कत देखेर हासो रोक्न मुस्किल हुनेछ ।
यसैगरी केहि दिन पहिलेबाट कलाकार तथा फिल्म निर्माता जयकिसन बस्नेत पनि सामाजिक सञ्जाल टिकटकमा लाइभ आउने गरेका छन् । टिकटकमा जयकिसनको क्रियाकलाप तथा हर्कत निकै अनौठी हुने गर्दछ।