बलिउडमा चर्चित भएपनि ऋषिकेशमा भाँडा माझ्ने काम गर्थे यी अभिनेता !

आफ्नो स्वाभाविक अभिनयको कारण चर्चामा रहने अभिनेता संजय मिश्राले थुप्रै फिल्ममा आफ्नो अभिनयको छाप छोडेका छन्। उनले  बलिउडमा ‘ओह डार्लिंग ये हैं इंडिया’ बाट कदम  राखेका थिए। त्यसपछि उनले फिल्म राजकुमार, सत्या जस्ता फिल्ममा स-सानो भूमिका निभाए।

तर फिल्म आंखों देखीमा उनको अभिनयलाई राम्रो मानिएको थियो। यस फिल्मबाट उनले फिल्मफेयर क्रिटिक अवार्ड फर बेस्ट एक्टर पाएका थिए। तर कमै मान्छेलाई यो थाहा छ कि बलिउडमा नाम कमाएर पनि संजयले अचानक फिल्मबाट दुरी बढाए।  अहिले उनी सबैकुरा छोडेर उत्तराखंडको ऋषिकेशमा काम गर्न थालेका छन्।  आखिर कि उनले फिल्म छोडे त  ?

बलिउडमा  लगातार संजयलाई काम मिलिरहेको थियो। तर एकदिन अचानक उनले सबै छोडेर उत्तराखंडको ऋषिकेशमा एक  ढाबामा काम गर्न थाले। त्यहाँ उनले चिया बनाउने र भाँडा माझ्ने काम गर्थे। संजय मिश्राको पिताको मृत्यु भएपछि उनले ऋषिकेश जाने निर्णय लिए र पेट पाल्नको लागि उनले काम गर्न थाले।

ऋषिकेषमा बस्ने क्रममा एकदिन संजय मिश्रालिई निर्देशक रोहित शेट्टीको फोन आयो र उनले संजयलाई सम्झाउदै मुम्बईमा बोलाए। रोहित शेट्टीको आग्रहमा संजय मुम्बई आए र चर्चित फिल्ममा काम गर्न थाले। संजय मिश्राको पिता शंभूनाथ मिश्रा एक पत्रकार थिए र हजुरबुबा आईएएस अफिसर थिए । घरमा सधैँ पढ्ने लेख्ने माहोल थियो। यसैबीच संजय मिश्राले नेश्नल स्कूल अफ ड्रामाबाट अभिनयको कोर्स गरे र फिल्ममा अभिनय गर्न मुम्बई आए।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खराब बुहारी भनेपछि कश्मीराले बताईन् गोविन्दालाई पैसाको लागि नाच्ने मान्छे