नवरात्रि अक्टुबर ७ तारिकबाट सुरु हुँदैछ र यसको समापन १५ अक्टुबरमा हुनेछ ।नवरात्रिमा माता दुर्गाको ९ दिनमा छुट्टा छुट्टै ९ रुपको पूजा गरिन्छ । यस वर्ष नवरात्रि आठ दिनको छ किनकि दुई तिथिहरु एकै दिनमा परेको छ । यस समयमा विभिन्न समान खरिदा गर्नु निकै शुभ मानिन्छ । तर नवरात्रिको समयमा केहि यस्ता चिज छन् जसले घरमा देवीको विशेष कृपा हुनेछ र घरमा कहिले पनि धनको कमि हुँदैन ।
१. तुलसीको बोट: यद्यपि अधिकाम्स हिन्दू परिवारहरुको घरमा तुलसीको बिरुवा हुने गर्दछ । तर यदि तपाईको घरमा तुलसीको बिरुवा छैन भने नवरात्रिको समय घरमा तुलसीको बिरुवा लगाउनुहोस् । र सधै तुलासीलाई सुद्ध धिउमा भिजाएको बत्ति बाल्नुहोस् ।यस्तो गर्नाले घरमा सुख समृद्धि आउनुको साथै सधैँ माता लक्ष्मीको कृपा हुनेगर्दछ ।
२. केरा बिरुवा: यस नवरात्रिको समयमा घरमा केराको विरुवा लगाउनाले माता लक्ष्मीको कृपा हुनुको साथै घरमा शुख समृद्धि आउने मान्यता रहेको छ । त्यस बाहेक घरमा कुनै पनि शुभ कार्यको थालनी गर्दा पनि केराको बिरुवा घरमा ल्याउन सक्नुहुन्छ । पानीमा केही दुध मिसाएर केराको बिरुवामा बिहीबार जल चढाउँदा धनको कमी हुनबाट टाढा रहनेछ र लक्ष्मी आशीर्वाद प्राप्त हुनेछ।
३. वरको पात: नवरात्रिको समयमा कुनै पनि दिन वरको पात टिप्नुहोस् र त्यसलाई गंगाको पानीमा धुनुहोस् । र त्यसमा चन्दनले स्वस्तिक बनाउनुहोस् । र यसलाई तपाईको घरको पूजा गर्ने ठाउँमा राख्नुहोस् । यसलाई नौ दिन सम्म पूजा गर्नुहोस् । यस्तो गरेमा तपाईको जीवनमा आएका सम्पूर्ण समस्याको हलहुनेछ । यसलाई रातो कपडामा बेरेर पुरा एक बर्ष पूजाको ठाउँमा राख्दा कहिल्यै पैसाको अभाव हुँदैन ।
धतुरोको जरा: भगवान शिवलाई मन पर्ने फल कालिमाको पूजामा पनि प्रयोग गरिन्छ । नवारात्रिको समयमा घारम धतुरोको जार ल्याउन सक्नुहुन्छ । यसलाई रातो कपडामा बेरेर राख्नुहोस् र माता कालिको मन्त्रले जप गर्नुहोस् । यस्तो गरेमा तपाईको जीवनको सम्पूर्ण समस्याहरु हट्नेनेछन्।