बलिउडमा ‘प्ले ब्वाई’को रुपमा चर्चित रणवीर आलियासँग लिँदै सात फेरो !

बलिउड अभिनेता रणवीर आज ३९ वर्ष पुगेका  छन्।  उनको जन्म ऋषि कपूर र नीतू कपूरको घरमा भएको थियो।  उनी बलिउडको सबैभन्दा  पुरानो र चर्चित कपूर खानदानको चौथो पिढी  हुन्। रणवीरलाई बलिउडमा चकलेटी ब्वाईको रुपमा चिनिन्छ। रणवीर कपूरको नाम थुप्रै बलिउड अभिनेत्रीसँग जोडीसकेको छ। यी हुन्न ति अभिनेत्री जसको रणवीरसँग नाम जोडीसकेको छ :-

दीपिका पादुकोण

बलिउडमा एक समय रणवीर कपूर र दीपिका पादुकोणलाई चर्चित जोडीको रुपमा चर्चित थिए।  यी दुईले एकसाथ थुप्रै फिल्ममा काम गरे। रिपोर्टस अनुसार रणवीरले दीपिकालाई धोखा दिएका थिए। त्यसपछि यी दुईको सम्बन्ध टिक्न सकेको थिए। अहिले दीपिकाले रणवीरसँग बिहे गरिसकेकी छन्।

कट्रिना कैफ


फिल्म ‘अजब प्रेम की गजब कहानी’ मा यी दुईको केमिस्ट्रीलाई दर्शकले निकै रुचाएका रणबीर कपूर र कट्रिना कैफले आनो सम्बन्धलाई निकै चर्चामा रहे। यस फिल्मको सेटमा दुवै नजिकिएका थिए र छिट्टै यी दुई सम्बन्धमा भएको खबर बाहिरिएको थियो। यी दुईको सम्बन्ध तेस्रो व्यक्तिको कारण टुटेको थियो।

अवंतिका मलिक

बलिउडमा आफ्नो करियर सुरु गर्नुभन्दा पहिला रणवीरको प्रेमिका अवंतिका मलिक थिइन्।  यधपी केहि कारणले सम्बन्ध टुट्यो। पछि अवंतिकाले अभिनेता इमरान खानसँग बिहे गरिन्।

अमीषा पटेल

अभिनेता रणवीर कपूरको नाम अमीषा पटेलसँग पनि जोडिएको थियो। वास्तवमा कट्रिनासँग ब्रेकअप भएपछि रणबीर कपूर र अभिनेत्रीको अफेयरको खबर बाहिरिएको थियो।

नरगिस फाखरी


मीडिया रिपोर्ट्स अनुसार  नरगिस फाखरी र रणवीर कपूरले फिल्म रकस्टारपछि एक अर्कालाई डेट गर्न सुरु गरेका थिए। यस फिल्मको  सेट र स्क्रीनमा यी दुईको केमिस्ट्री निकै मन पराईएको थियो। खबर अनुसार रणबीर र कट्रिनाको ब्रेकअपको कारण नरगिस थिइन् ।

प्रियंका चोपडा


प्रियंका चोपडाले फिल्म ‘अंजाना अंजानी’ मा रणवीरसँग स्क्रिन शेयर गरेकी थिइन्। रील लाइफपछि रियल लाइफमा एक परफेक्ट कपलको रुपमा आएका यी दुईको सम्बन्ध पाई धेरै समयसम्म टिक्न सकेन।

सोनम कपूर


बलिउडमा फिल्म ‘सांवरिया’ बाट डेब्यू गर्ने अभिनेत्री सोनम कपूर र रणवीरको अफेयरको पनि चर्चामा रहेको थियो। यधपी करण जौहरको शो कफी विद करणपछि यी दुईले सम्बन्ध तोडेका थिए। रणवीरले सोनमलाई दीपिका पादुकोणको लागि धोखा दिएक थिए।

आलिया भट्ट


हाल रणबीर कपूर आलिया भट्टसँग सम्बन्धमा छन्।  केहि दिन पहिले आलिया रणवीरलाई भेट्न जोधपुर गएकी थिइन्। यी दुई छिट्टै बिहे गर्दैछन्। खबर अनुसार यी दुई बिहेको तयारी गर्दैछन् ।

 

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१३:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुन्दर बन्ने चक्करमा चिन्नै नसक्ने भईन् यी मोडल, माग गरिन् ३.६९ अर्ब क्षति