आज अशोज १३ गते बुधबार,राम्रो-नराम्रो कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

 तपाईको दिन मिश्र फलदायी रहला। नयाँ काम गर्ने प्रेरणा मिल्नेछ। तपाईको मन शिघ्र परिवर्तन हुनसक्ला। पेसा एवम् व्यवसायमा स्पर्धात्मक व्यवहारको सामना गर्नुपर्नेछ। महिलाले आफ्नो बोलीमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

हातमा आएको अवसर अनिर्णायकताको कारण गुमाउन सक्नुहुन्छ। विचारमा हराउँदा कुनै निश्चित निर्णय लिन सक्नुहुने छैन। कुनै नयाँ कामको प्रारम्भ नगरेकै ठीक हुन्छ। भाई-बहिनीसँग प्रेममय वातावरण रहला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिनको सुरुवात प्रफुल्लित मन र स्वस्थ चित्तबाट हुनेछ। मित्र वा पारिवारिक सदस्यसँग भोजनको आनन्द उठाउन सक्नुहुन्छ। आर्थिक दृष्टिले दिन लाभदायी छ। अधिक खर्च हुन सक्ला। मनबाट नकारात्मक विचारलाई निकाल्नुहोला। कुनै प्रियजन र मित्रबाट उपहार पाएर प्रफुल्लित रहनुहुन्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

मानसिक अस्वस्थता अनुभव होला। कुनै एक निश्चयमा आउन सक्नुहुनेछैन। आफन्तसँग झगडा हुन सक्ला। पारिवारिक कार्यमा खर्च होला । झगडाबाट टाढा रहनुहोला। अकस्मातबाट सम्हालेर चल्नुहोला। अविचारी व्यवहारबाट टाढा रहनु नै ठिक हुन्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको लागि दिन राम्रो रहला।  तरपनि दुविधापूर्ण मानसिकताको कारण अवसर गुमाउन सक्नुहुन्छ। नयाँ  कार्य आरम्भ नगर्नुहोला। स्त्री मित्रसँग भेट होला। साथीसँग घुमफिर गर्नुहुन्छ। व्यापार लाभदायी साबित होला। धन प्राप्तिको योग छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको दिन शुभ फलदायी रहला।  नयाँ कार्यको आयोजन सफल हुनेछ।  व्यापारी तथा वैतनिक कर्मचारीको लागि लाभदायक दिन छ।  परिवारमा आनन्दको वातावरण रहला। घरायसी जीवन आनन्दमयी रहला। सरकारी कार्य सम्पन्न हुनेछ। सरकारबाट लाभ प्राप्त होला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

बौद्दिक तथा लेखनको कार्यमा सक्रिय रहनुहुन्छ। नयाँ कार्य प्रारम्भको लागि शुभ दिन छ।  लामो यात्रा हुन सक्ला।  धार्मिक स्थलमा घुमफिर हुनेछ। सन्तानको विषयमा दुविधा रहनेछ। विरोधीसँग गहन चर्चामा नउत्रिनुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईले दिन सावधानीपुर्वक बिताउनुपर्ने हुन्छ। नयाँ काम सुरु नगर्नुहोला। अनैतिक काम वृत्तिबाट टाढा रहनुहोला। नयाँ सम्बन्ध स्थापित गर्नुअघि गम्भीरतापुर्वक विचार गर्नुहोला। ईश्वरको आराधना तथा नाम-स्मरणबाट लाभ होला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तपाईको दिन सुखपूर्वक एवम् आनन्दपुर्वक बित्नेछ। तपाई मनोरंजनको दुनियामा हराउनु हुनेछ। विपरीत लिङ्गीय व्यक्तिसँग भेट रोमान्चक रहला। लेखन कार्यको लागी शुभ दिन छ। बौद्दिक तथा तार्किक विचार-विनिमय हुनेछ। सम्मान-प्रसिद्दि मिल्नेछ। उत्तम वैवाहिक सुख प्राप्त होला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको व्यापार विस्तार हुन सक्छ। पैसाको लेनदेनमा सरलता रहनेछ। घरमा शान्ति र आनन्दको वातावरण बनिरहनेछ। शत्रुले विजय प्राप्त गर्नेछ। स्वास्थ्य स्वस्थ रहला। आवश्यक कारणले पैसा खर्च हुन सक्ला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कुनै पनि नयाँ काम प्रारम्भ नगर्नुहोला। तपाईको विचारमा शिघ्र परिवर्तन आउन सक्छ। लेखनकार्य-सिर्जनात्मक कृतिको रचनाको लागि दिन हितकार छैन। बौद्दिक चर्चामा भाग नलिनुहोला। आकस्मिक खर्च हुने योग छ। पेट सम्बन्धित समस्याबाट सावधान रहनुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाईको अरुचिकर घटनाको कारण दिन उत्साहजनक रहनेछैन। घरमा परिवारसँग वादविवाद  हुनेछ।  शारीरिक एवम् मानसिक स्वास्थ्य बिग्रन सक्ला। पैसा र सम्मानमा हानि  हुन सक्छ। पेसा गर्ने व्यक्तिलाई चिन्ता रहनेछ।
प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पाथिभरा माताको आशिर्वादले भोलि अशोज १४ गते बिहिबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !