यी राशिका मानिसबाट छिटै हट्दैछ शनिको साढेसाती दशा, मिल्नेछ शुभ परिणाम

शनिको साढेसाती सुन्ने बित्तिकै मानिसको मनमा डर उत्पन्न हुन्छ। ज्योतिषशास्त्रका अनुसार जो मानिस माथि शनिको अशुभ छाया पर्न सुरु हुन्छ तब उनीहरुलाई विभिन्न समस्याले सताउन थाल्छ। शनि एक राशिमा साढे सात वर्षसम्म रहन्छ। ज्योतिषका अनुसार शनि ग्रह सबै ग्रहहरू मध्ये सबैभन्दा ढिलो गतिशील ग्रह हो। शनिको साढेसातीको तीन चरण हुन्छ।

शनिको साढेसातीले पहिलो चरणमा मानसिक कष्ट दिन्छ। साढेसाती आरम्भ हुनासाथ यसको प्रथम प्रभाव १०० दिनसम्म मानिसमा पर्छ, जुन अत्यन्त कष्टकार हुन्छ। शनिको आरम्भको यो समय यति पीडादायक हुन्छ कि मानिस शनिको साढेसातीको नामले नै डराउन थाल्छ।

शनिको साढेसातीको दोस्रो चरणमा मानिसलाई आर्थिक तथा शारीरिक समस्याले सताउन सुरु हुन्छ। जसपछि शनिको साढेसातीको अन्तिम चरण हुन्छ जसमा मानिसको समस्या बिस्तारै-बिस्तारै कम हुँदै जान्छ। अन्तिम चरणमा शनिदेव मानिस माथि दयालु हुन्छन् र उनीलाई फाइदा पुर्‍याउँछन्। यो समयमा धनु राशिका मानिसमा शनिको साढेसातीको अन्तिम चरण चलिरहेको छ।

कहिले मुक्ति मिल्नेछ ? 

जब शनिदेव २०२२ अप्रिल २९ को दिन मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछन् तब धनु राशिमा साढेसातीको अन्त्य हुनेछ। शनिको साढेसातीबाट मुक्ति मिल्नासाथ यस राशिका मानिसले हरेक प्रकारको समस्याबाट छुटकारा पाउनेछन्। तर १२ जुलाई २०२२ देखि १७ जनवरी २०२३ सम्म शनि वक्री भएर फेरी मकर राशिमा प्रवेश गर्नेछ, त्यो समयमा पनि धनु राशिमा साढेसाती चल्नेछ। तर त्यस समयमा शनिको प्रभाव कम रहनेछ। १७ जनावरी २०२३ पछि भने धनु राशिबाट पूरा साढेसाती हट्नेछ।

शनिदेवबाट मुक्ति पाउने उपाय 

शनिबारको दिन शनिदेवलाई तिलको तेलमा बत्ती बाल्नुहोस्। साथै, शनिबार महाराज दशरथद्वारा लिखित शनि स्तोत्र पाठ गर्नुहोस्। शनिबार वा औंशीको दिन बेलुका पीपलको रुखमुनि बसेर शनिको ध्यान गर्नुहोस्। त्यसपछि, तोरीको तेलमा बत्ती बाल्नुहोस्। शनि साढेसातीको अशुभ प्रभाव कम गर्नको लागि शमी बोटको जरालाई कालो कपडामा बाँधेर दाहिने हातमा शनिबार साँझ बाँधेर ॐ प्रमन् प्रान्त: शनि सशाराय नमः नामक मन्त्रको तीनवटा माला जप गर्नुहोस्।

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१५:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधबार जन्मिएका व्यक्तिहरु हुन्छन् निकै भाग्यमानी ? यस्तो विशेषताले हुन्छन् धनी