चर्चित अभिनेत्री बर्षा राउत अहिलेको समयमा युवा पुस्ताको रोजाईमा पर्न सफल छिन् । अभिनेत्री फिल्म नाई नभन्नु ल ४ बाट चर्चा कमाउन सफल भएकी थिइन् । उक्त्त फिल्ममा अभिनेत्री बर्षाको अभिनयलाई निकै रुचाएको थियो । त्यसतै अभिनेत्री फिल्म बाहेक विभिन्न म्युजिक भिडियोमा पनि काम गरेकी छिन् ।
केहि समय पहिले अभिनेत्री बर्षाले सन्जोग कोइराला सँग विवाह गरेकी थिइन् । पछिल्लो समयमा अभिनेत्री बर्षा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । साथै उनको फ्यानफलोइंग पनि निकै बढेको छ । अभिनेत्री सामाजिक सञ्जालहरुमा उनको हरेक किसिमको सुन्दर तस्बिर पोस्ट गरेकी छिन् । मानिसहरु उनको शैली तथा अभिनयलाई निकै रुचाउछन् ।
अभिनेत्री बर्षा अभिनेत फिल्मले अहिले सम्मका राम्रै व्यापार गर्न सफल भएका छन् । पछिल्लो समय बर्षा अभिनित फिल्म जात्रै जात्रा, छक्क पञ्जा २ जस्ता फिल्मले राम्रो व्यापार गर्न सफल भएको थियो ।
तस्बिर श्रोत: बर्षा राउत इन्स्टाग्राम