आज असोज ५ गते मंगलबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् दैनिक राशिफल!

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

स्वास्थ्यमा समस्या आउनेछ । चिसोबाट टाढा रहनु होला । कसैको भलाइ हुने काम गर्दा अपजस आउन सक्छ । कसैसँग आर्थिक लेन-देन नगर्नु होला । निर्णय शक्तिको अभाव हुनाले चिन्ता बढ्ने छ । लाभ हुने लोभमा बिपतमा फस्न सकिनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

दिन शुभ फलदाही रहेको छ । धन वृद्धि हुनुको साथै पदोन्नती सम्भावना रहेको छ। साझेदारीमा गरिको कामबाट लाभ हुनेछ । परिवारका सदस्यसँग समय रमाइलोमा बित्नेछ । रमाइलो छोटो यात्राको सम्भावना रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

दिन शुभ र अनकुल रहेको छ । कार्यालयमा सहकर्मचारी तथा उच्च अधिकारी सँगको सम्बन्ध सुमधुर हुनेछ । साथै काममा साथ सहयोग मिल्नेछ । पदोन्नतीको सम्भावना रहेको छ । सामाजिक मन सम्मान बढ्नेछ । आफन्तसँग रमाइलो भेट हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कार्यलयमा काम सहजै सम्पन्न हुनेछ । कामबाट प्रभावित भै उच्च अधिकारी प्रसन्न हुनेछन् । पदोन्नतीको सम्भावना रहेको छ । पारिवारिक माहोल शान्त र खुसियाली पूर्ण हुनेछ । आमाको सँगको सम्बन्ध सुमधुर हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

दिन शुभ फलदाही रहेको छ । काममा बिशेष ध्यान दिनुहोला । धार्मिक तथा मांगलिक कार्यमा समय बेतित हुनेछ साथै धार्मिक स्थलको भ्रमण हुनेछ । विदेशमा रहेका आफन्तको शुभ समाचार मिल्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

नयाँ कामको थालनी नगर्नु होला । स्वास्थ्यको विशेष ध्यान दिनुहोला । क्रोध बढ्ने हुँदा बोलीमा संयमता अपनाउनु होला अन्यथा विवादमा फस्न सकिनेछ । आम्दानी भन्दा खर्च बढ्ने छ । सन्तानबाट शुभ समाचार मिल्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

दिन आनन्दय मय हुनेछ । विपरित लिंगी प्रति आकर्षण बढ्ने छ । नयाँ वस्त्र खरिद हुनेछ । मन प्रसन्न रहनेछ । खर्च बढ्नेछ । मान सम्मान बढ्नुको साथै उत्तम भोजन हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दाम्पत्य जीवन शुख मय हुनेछ । पारिवारिक वातावरण रमाइलो हुनेछ । शारीरिक तथा मानसिक रुपम स्वस्थ अनुभव हुनेछ । कममा सहकर्मीको सहयोग मिल्नेछ । स्त्री मित्रसँग भेट हुनुको साथै शुभ समाचार मिल्नेछ । आकस्मिक धन लाभको योग बनेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

यात्रा गर्नको लागि समय उचित रहेको छैन । सन्तानको स्वास्थ्य चिन्ता बढ्ने छ । कार्य सफलता नहुँदा मन खिन्न हुनेछ । क्रोध बढ्ने हुँदा बिलिमा संयमता अपनाउनु होला । साहित्य तथा कलात्मक क्षेत्रमा रुची बढ्नेछ । तार्किक र बौद्धिक छलफलबाट टाढा रहनुहोस्।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

पारिवारिक वातावरण रमाइलो हुनेछ । शारीरिक तथा मानसिक रुपम स्वस्थ अनुभव हुनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । समय प्रतिकुल रहेको छ । सामाजिक मान सम्मान बढ्ने छ । पानि तथा स्त्री मित्रबाट टाढा रहनुहोला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मानसिक रुपामा सहज महसुस हुनेछ । भाइ बहिनि सँगको सम्बन्ध सुमधुर हुनेछ । मित्र तथा आफन्तसँग भेट हुनेछ । समय रमाइलोमा बितेतित हुनेछ । रमाइलो यात्राको योग रहेको छ । तार्किक तथा वौद्धिक चर्चा बढ्ने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

खर्च नियन्त्रण गर्नु होला । क्रोध तथा बोलीमा संयमता अपनाउनु होला । विवादमा फस्न सक्ने योग रहेको हुँदा सचेत रहनु होला । शारीरिक तथा मानसिक स्वास्थ्य मध्यम रहेको छ । नकारात्मक बिचारले मनम हावी गर्न सक्ने हुँदा सचेत रहनुहोला ।
प्रकाशित : सोमबार, असोज ०४, २०७८१७:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि असोज ५ गते मंगलबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् भोलिको राशिफल!