बुध र शुक्र ग्रहको मिलन हुँदै, कस्तो प्रभाव पर्ला तपाईको राशिमा शुभ-अशुभ?

भनिन्छ मानिसको बुद्धि ठिक भयो भने उसले जीवनमा धरै सफलता हासिल गर्न सक्छ । त्यसैले हरेक मानिसमा बुद्धिका देवता बुद्धको कृपा हुनु अन्यन्तै आवश्यक हुन्छ । सेप्टेम्बर २२, २०२१ मा बुध ग्रह आफ्नो राशि कन्या छोडेर तुला राशिमा प्रवेश गर्नेछ। तुला राशिमा उनको स्वामी राशी शुक्र पहिले देखि नै बिराज मान थिए । अब २२ सेप्टे बरमा तुला राशिमा बुध शुक्रको युती हुनेछ । बुध ग्रह व्यापार भविष्यको कारक ग्रह मानिन्छ। त्यसतै शुक्र खुशी-सौन्दर्य-समृद्धिको कारक हो। जान्नुहोस् कुन राशिको लागी बुधको परिवर्तन र बुध-शुक्रको संयोजन भाग्यशाली साबित हुनेछ। भने कुन राशिमा कस्तो असर  पर्नेछ ।

मेष राशी


राशीयो समय मेष राशीको व्यक्तिको भविश्य यिजनको लागि समय लागी उत्कृष्ट हुनेछ। कार्यस्थलमा व्यस्तता बढ्नेछ र यसले राम्रो नतिजा पनि पाउनेछ। तपाईको काम गर्ने तरिका सुधार हुनेछ। रोकिएका काम सुचारु हुनुको साथै सम्पन्न हुनेछ ।

वृष राशि

यस राशी परिवर्तनको समयमा मेष राशिक मानिसलाई आर्थिक अभावको समान गर्न पर्ने हुन सक्छ । काममा साथी भाई सहयोग मिल्नेछ । सहयोग पश्चात पनि काम सम्पन्न हुनमा ढिलाई हुनेछ । पेट सम्बन्धि समस्याले सताउन सक्छ ।

मिथुन राशी


यस राशी परिवर्तनको प्रभावको कारण मिथी राशि भएका मानिसलाई व्यापार व्यसायबाट मनग्य लाभ हुनेछ । आर्थिक लेन-देनबाट लाभ हुनेछ । आमाको तर्फबाट शुभ समाचार मिल्नु साथै लाभ हुनेछ । अचनाक धन लाभ हुनेछ । मान सम्मान बढ्ने छ । परिवारमा खुशी छाउने छ ।

कर्कट राशी


यस राशी परिवर्तनको समयमा कर्कट राशिक मानिसलाई मध्यम फलादाही रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । आमाबाट शुभ समाचार प्राप्त हुनेछ। नयाँ कार्य योजना बन्नेछ ।

सिंह राशि

सिंह राशि भएका  मानिसको लागि यस समयमा परिवारमा कलह बढ्ने छ । सन्तानको स्वास्थ्य समस्याले चिन्ता बढ्नेछ । मनमा नकारात्मक विचारको हावी हुनेछ । आर्थिक आभाव हुनेछ ।

कन्या राशी


कन्या राशिका मानिसहरुको लागी यो समय परिवारको हिसाबले धेरै राम्रो साबित हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । आर्थिक स्थितिमा सुधार हुनेछ । रोकिएको धन प्राप्त हुँदा मन प्रसन्न हुनेछ ।

तुला राशी


बुधको राशि परिवर्तन यस राशिको मानिसहरुको क्यारियर को लागी शुभ छ। विशेष गरी व्यवसायीहरु धेरै लाभान्वित हुनेछन्। पुरानो रोकिएको पैसा उपलब्ध हुनेछ। प्रेम विवाहको लागी समय राम्रो छ। प्रसंसा बढ्नेछ।

वृश्चिक राशि


यस अवधि वृश्चिक राशी भएका मानिसको लागि समय सामान्य रहेको छ । वैदेशिक यात्राको अवसर जुट्न सक्छ । व्यापार व्यवसायमा खासै उत्साजना उपलब्धि हुन सक्दैन ।

धनु राशि


धनु राशिका मानिसहरु को लागी पदोन्नति-वृद्धि, व्यापारमा नयाँ प्रस्ताव प्राप्त गर्ने प्रबल संभावनाहरु छन्। पारिवारिक सहयोग मिल्नेछ र घरमा खुशी छाउने छ । मानसिक सुख र शान्ति प्राप्त हुनेछ।

मकर राशी


यस राशिका मानिसहरु लाई आफ्नो क्यारियरमा नयाँ अवसर प्राप्त हुनेछ। इच्छित ठाउँमा स्थानान्तरण हुन सक्छ वा तपाई इच्छित काम पाउन सक्नुहुन्छ। समग्रमा बुधको राशि परिवर्तनले यस राशिको मानिसको जीवनमा सुधार ल्याउनेछ।

कुम्भ राशी

यस राशी परिवर्तनको समयमा कुम्भ राशी भएका मानसिको लागि आर्थिक अभाव हुनेछ ।सामाजिक रुपमा अपमानित  हुन सक्नु हुनेछ । आमाको स्वास्थ्य चिन्ता बढ्नेछ । काममा सहकर्मीसँग विवाद हुन सक्छ ।

मीन राशि

दाम्पत्य जीवनमा  विवाद  बढ्ने छ ।  विश्वास गरेको  मित्रबाट धोका हुनसक्छ । काममा उच्च अधिकारीसँग विवाद  बढ्ने छ ।  बाबुको स्वास्थ्यमा समस्या आउन सक्छ ।   खर्च बढ्नेछ ।  आर्थिक अभाव  हुनेछ ।

प्रकाशित : सोमबार, असोज ०४, २०७८१४:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि र बृहस्पति एउटै राशीमा आगमन, यी राशिलाई कार्य सफलताको साथै लाभै लाभ !