दुर्गा माताको कृपाले कस्तो हुन्छ तपाईको असोज महिना, हेर्नुहोस् असोज महिनाको मासिक राशिफल!

मेष राशि

नयाँ कार्य सुरु गर्न महिना उत्तम रहनेछ। वाहन सुख प्राप्त हुनसक्छ। जोश जाँगर र हिम्मत बढ्नेछ। व्यापार व्यावसायमा सामान्य लाभ मिल्ने सम्भावना देखिन्छ। आर्थिक हिसाबले मेष राशिका मानिसको लागि यो महिना त्यति शुभ नरहला। स्वास्थ्यको बारेमा केहि चिन्ता बढ्न सक्छ, सजग रहनुहोला।

वृष राशि

यो महिना तपाईंको लागि सकारात्मक रहनेछ। ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला तथा गायन क्षेत्रमा तपाईंको विशेष रुची रहनेछ। परिवारमा सुखद वातावरण रहनेछ। रमणीय यात्राको पनि सम्भावना रहेको छ। व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ। सरकारी क्षेत्रबाट पनि राम्री नतिजा प्राप्त होला।

मिथुन राशि

मिथुन राशिलाई यो महिनामा त्यति खास नरहला। सोचे अनुरुप काम नबन्दा मन निराश रहन सक्छ। घर परिवारमा झै-झगडाको स्थिति उत्पन्न हुनसक्छ। अनावश्यक खर्च बढ्नाले आर्थिक समस्याले सताउन सक्छ। महिनाको अन्त्यतिर भने समय अनुकूल रहनेछ। तपाईंले सहि निर्णय लिन सक्नुहुनेछ। शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ।

कर्कट राशि

आकस्मित रूपमा धन लाभ मिल्नाले तपाईंको मन प्रशन्न हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन्। तपाईंको बोलीको प्रभाव बढ्नेछ। सरकारी क्षेत्रमा रहेका मानिसले भने विभिन्न प्रकारको बाधाको सामना गर्नुपर्ला। स्वास्थ्य तथा सौन्दर्यका लागि अधिक धन खर्च हुनसक्छ।

सिंह राशि

समय अनुकूल नै रहनेछ। विभिन्न क्षेत्रबाट नयाँ नयाँ कुरा सिक्ने मौका मिल्नेछ। नयाँ कार्य सुरु गर्न चाहनुहुन्छ भने पनि समय अनुकूल रहनेछ। वरिष्ठ व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

कन्या राशि

तपाईंको लागि यो महिना खास रहनेछ। आफन्तजनबाट विशेष सहयोग प्राप्त हुने पूरा सम्भावना रहेको छ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायको क्षेत्रमा ठूलो फड्को मार्न सकिएला। आर्थिक स्थिति पूरा महिना मजबूत नै रहनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक यात्राको योग पनि देखिन्छ।

तुला राशि

नयाँ कार्य सुरु गर्नको लागि यो समय त्यति उचित नहोला। शैक्षिक क्षेत्रमा पनि सफलताका लागि ठूलो परिश्रम गर्नुपर्नेछ। कार्यक्षेत्रमा पनि सजग रहनु पर्ने स्थिति आउनसक्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। रमणीय यात्राको सम्भावना रहेको छ। घर-जग्गा तथा गाडी किन्ने तपाईंको सपना यो महिना पूरा हुनसक्छ।

वृश्चिक राशि

आफ्नै नजिकका मानिस कुनै कार्यमा बाधा बन्न सक्छन्। महत्वपूर्ण अवसर हातबाट फुत्किन सक्छ। कार्यक्षेत्रमा पनि तपाईंको लागि समय अनुकूल नरहला । सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा आँच आउनसक्छ, सजग रहनुहोला। साथी-भाइसँग भने केहि रमणीय भेटघाट हुने सम्भावना रहेको छ।

धनु राशि

यो महिनामा लामो यात्रा सुखद् र सफल हुनेछ। तपाईंको बोलीको प्रभाव बढ्नेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला, अन्यथा चोट पटक लाग्ने सम्भावना रहन्छ। धन लाभ मिल्ने पूरा सम्भावना रहेको छ तर खर्च पनि ठूलो मात्रामा हुनसक्छ।

मकर राशि

मकर राशिका मानिसको लागि यो महिना शुभ रहनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नजिकको व्यक्तिको सहयोगमा कुनै विशेष कार्य सम्पन्न हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। वैदेशिक यात्राको पनि सम्भावना रहेको छ। सामाजिक क्षेत्रमा तपाईंको पद-प्रतिष्ठा बढ्नेछ। नयाँ कपडा तथा मिष्ठान्न भोजन पाएर तपाईंको मन प्रशन्न हुनेछ।

कुम्भ राशि

असोज महिना कुम्भ राशिका मानिसको लागि सामान्य रूपमा मात्र फलदायी साबित हुनेछ। अनावश्यक खर्चा हुनाले आर्थिक समस्याले सताउन सक्छ। महिनाको मध्यबाट आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिनाको अन्त्यतिर भने आर्थिक लाभ पनि प्राप्त हुनसक्छ। पारिवारिक वातावरण नकारात्मक रहनेछ।

मीन राशि

कार्यक्षेत्र परिवर्तन गर्न चाहनुहुन्छ भने समय अनुकूल रहेको छ। धार्मिक कार्यमा तपाईंको संलग्नता बढ्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र महत्वकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। यो महिना गरिएको कार्यले दिर्घकालिन रूपमा सफलता दिनेछ। परिवारमा पनि केहि शुभ कार्यको आयोजना हुनसक्छ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आगामी असोज १० गते सम्म यी ५ राशिलाई अत्यन्तै शुभ ! कुनकुन राशि ?