शुक्ल पक्षको चतुर्थीमा स्थापना गरिएको गणेशको मुर्तिलाई यस शुभ मुहुर्त पुजा विधि सहित गर्नुहोस् विसर्जन!

भदौ महिनाको शुक्ल पक्षको चतुर्थीमा गणेशको मुर्तिको स्थापना गरिन्छ । यस पछी अनन्त चर्तुदशीको दिन गणेशको मुर्तिको बिसर्जन गरिन्छ । गणेशको मुर्ति बिसर्जन यस वर्ष १९ सेप्टेम्बरको दिन परेको छ । यस दिन गणेशको मुर्ति कुनै सफा कुण्डमा बिसर्जन गर्नु उचित हुनेछ । नदि तलाउमा मुर्ति बिसर्जन गर्दा अहिलेको समयमा पानि प्रदुषित हुन सक्छ । यस वर्ष गणपतिको मुर्ति बिसर्जन गर्नको लागि ५ शुभ समय रहेको छ । त्यस्तै यस आइतबार धृति योग बन्दैछ । यस बाहेक दिशा पश्चिम रहेको छ । त्यसैले यस दिन घरबाट बाहिर निस्कदा अलैची खायर जानु राम्रो हुनेछ ।

गणेशको मुर्ति बिसर्जन समय
भगवान गणेश को मूर्ति विसर्जनको लागी शुभ समय बिहान ०९:११ बाट १२:२१ सम्म छ। यस पछि दिउँसो ०१:५६ देखि ०३:३२ सम्म शुभ समय हुनेछ। एकै समयमा गणपति विसर्जनको लागी अभिजीत मुहूर्त बिहान ११:५० देखि १२:३९ सम्म हुनेछ। ब्रह्मा मुहूर्त बिहान ०४:३५ देखि ०५:२३ सम्म र अमृत काल रात ०८:१४ देखि ०९:५० सम्म छ। सेप्टेम्बर १९ मा राहुकाल ४:३० देखि साँझ 6 बजेसम्म रहनेछ। यस समयमा विसर्जित नगर्नुहोस्। अन्यथा यस दिन जुनसुकै समयमा पनि मुर्ति बिसर्जन गर्न सकिन्छ ।

बिसर्जन विधि
भगवान गणेशको मूर्ति विसर्जन गर्नु अघि भगवान गणेशको मुर्तिलाई नया वस्त्र लगाइ दिनुहोस् । एक कपडामा पैसा,सुपारी र दुबो बाध्नुहोस् । र यसलाई गणेशको मुर्तिको छेउमा राख्नु होस् । त्यसपछि भगवान गणेशको आरति गर्नुहोस् । साथै पुजाको समयमा केहि गल्ति भए माफी माग्नुहोस्। त्यस पछी गणेशलाई सम्मानको साथमा पानीमा बिसर्जन गर्नुहोस्।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सकिँदै शनिको यस्तो दशा, यी राशिका मानिसलाई मिल्नेछ राहत !