सिद्धार्थले विवाह र शहनाजको बारेमा खुलेर दिएका थिए यस्तो बयान, भनेका थिए कहिले गर्ने विवाह!

सिद्धार्थ शुक्लाको निधन भएको आज १० दिन बितिसकेको छ। उनले सेप्टेम्बर २ मा यस संसारलाई बिदाइ गरेका थिए । टिभी अभिनेता सिद्धार्थ शुक्लाको निधनले उनका आफन्त सहित उनका फ्यानहरु हैरान भएका छन् । यस सामयमा सिद्धार्थको निधनले भारतको सम्पूर्ण टिभी उद्योग स्तब्ध छ। अभिनेताको असामयिक निधनको कारण धेरै मानिसहरु टुटेका छन् । अभिनेताका आफन्त तथा उनका साथीहरु लगातार उनको परिवारको लागि प्रार्थन गरिहेका छन् । यस समयमा सिद्धार्थको एक पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । भाइरल भिडियोमा सिद्धार्थ उनको विवाह र शहनाज गिलको बारेमा खुलेर कुरा गरेका छन्।

सिद्धार्थले पंकक्लिपलाई दिएको एक अन्तर्वार्तामा यो अन्तर्वार्ता सिद्धार्थ बिग बोसको घरबाट बाहिर आए पछिको हो । त्यस अन्तर्वार्तामा सिद्धार्थलाई प्रश्न गरिएको थियो कि ‘ तपाई कहिले विवाह गर्नु हुन्छ ।’ सिद्धार्थले यस प्रश्नको उत्तर एक अन्जान बच्चाको जसरी दिएका थिए।

सिद्धार्थ शुक्लाले विवाहको विषयलाई लिएर भनेका थिए, ‘मलाई बिहे गर्न त्यती हतार छैन। म अझै पनि जवान छु, त्यसैले केहि समय लाग्नेछ। म केहि समय पछि बिहे गर्छु। सिद्धार्थले मुस्कुराएर भने। प्रश्न सोध्नेहरु पनि सिद्धार्थको कुरा सुनेर हाँस्न थाले। त्यसै समयमा सिद्धार्थले उनको शहनाजको सम्बन्धको बारेमा पनि बताएका थिए । भिनेताले खुलेर आफ्नो विचार राखेका थिए ।

त्यस अन्तर्वार्तको क्रममा सिद्धार्थले भनेक थिए । ‘मेरो र शहनाजको सम्बन्ध त्यस्तै छ जस्तो बोग बोसको घरमा थियो । मलाई लाग्दैन कि बिग बोसको घरबाट बाहिर आउँदैमा हाम्रो मित्रतामा कमि हुनेछ । सधैँ उसलाई साथ दिनेछु ।’

प्रकाशित : आइतबार, भदौ २७, २०७८१३:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी भारतीय अभिनेत्रीले गराइन् बिना वस्त्र फोटो शुट भन्छिन् ‘म नसामा छैन’,हेर्नुहोस् तस्बिर सहित!