आज हरितालिका तिज पतिको लामो आयुको कामना गर्दै ब्रत बस्ने प्रचलन रहेको छ । यस समयमा भगवान शिव र पार्वतीको पुजा गर्नु भन्दा पहिले विशेष कुरामा ध्यान दिन जरुरि हुन्छ । यो ब्रत अविवाहित कन्याले पनि राख्न सकिन्छ ।
हरितालिका तिजको ब्रत बस्दा भुलेर गर्न नहुने कम
तिजको ब्रत निस्वार्थ पूर्ण हुनुपर्छ । यो ब्रत केवल यस्तो स्थितिमा छोड्न सकिन्छ । यदि ब्रत बस्ने महिलाको स्वास्थ्यमा समस्या आउछ भने यस ब्रतालाई बिचमा छोड्न सकिन्छ। आजको दिन ब्रत राख्ने माहिलाले कसै सँग पनि रिसाउनु हुदैन । क्रोधको कारणले मनको पवित्रता हराउँछ। सकिन्छ भने व्रतको दिन रातभर जागा रहेर पूजा गर्नुहोस्।
हरितलिका व्रत पूजा मुहूर्त
– बिहान ०६:०३ देखि बिहान ०८:३३ सम्म शुभ साइत रहेको छ । अन्यथा आजको दिन जुनसुकै समयमा पनि पुजा गर्न सकिन्छ ।
– प्रदोष काल हरितालिका व्रत पूजा मुहूर्त – साँझ ०६:३३ बजे देखि ०८:५१ बजे सम्म शुभ रहेको छ ।
– तृतीय तिथिको प्रारम्भ दिउसो २ बजेर ३३ मिनेटबाट हुनेछ ।
– तृतीय तिथिको समाप्ति भोलि १२ बजेर १८ मिनेटमा समाप्त हुनेछ ।
पुजा विधि
शुभ समयमा हरतालिका तीजको पूजा गर्नुहोस्। यस दिन भगवान शिव, माता पार्वती र भगवान गणेशको बालुवा वा कालो माटोको मूर्तिहरु बनाउनुहोस्। पूजा गर्ने ठाउँमा फूलहरु साथै रंगहरुले सजाउनुहोस् र एक निश्चित स्थान बनाउनु होस् । यस स्थानमा केराको पात फैलाउनुहोस् र भगवान शिव, माता पार्वती र भगवान गणेश को मूर्तिहरु स्थापित गर्नुहोस्। यस पछि, षोडशोपचार विधिसँग भगवान शिव, माता पार्वती र भगवान गणेशको पूजा गर्नुहोस्।
यस पछी माता पार्वतीलाई सुहागको सामान चढाउनु होस् र भगवान शिवलाई धोति र अधोवस्त्र वस्त्र चढाउनु होस् । यस पछी यी सबै चिज कसैलाई दान गर्नु होस् । तिजको पुजा विधि सकिसके पछी तिजको कथा सुन्नुहोस् । र सक्नु हुन्छ भने राति जागा रहनुहोस्। भोलिपल्ट बिहान आरती पछि देवी पार्वतीलाई सिन्दूर चढाउनुहोस् र हलुवा चढाएर उपवास तोड्नुहोस्।