अहिलेको समयको चर्चित अभिनेत्री एलिसा राइ पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ। शर्ट मुवी हुँदै विभिन्न म्युजिक भिडियो मार्फत अभिनय यात्रा सुरु गरेकी गरेकी अभिनेत्री एलिसा अहिलेको समयमा युवा पुस्ताको रिरोजाइमा पार्छिन् । अभिनेत्री सुरुमा विभिन्न शर्ट मुभिमा देखिएकी थिइन् । त्यस पश्चात अभिनेत्री विभिन्न म्युजिक भिडियोमा देखिएकी थिइन् ।
जब केहि बर्ष पहिले नेपाली सिनेमा क्षेत्रमा फरक धार बनाउन सफल फिल्म ‘लुट’ आएको थियो । त्यस गीतमा एलिसाले आइटम डान्स गरेकी थिन्, जुन भिडियो निकै भाइरल भएको थियो । फिल्म लुटमा रहेको गीत ‘ठमेल बजार’ बोलको गीतमा एलिसाले डान्स गरेकी थिइन् ।
त्यस पश्चात एलिसाको नेलाली म्युजिक भिडियो क्षेत्र साथै विभिन्न फिल्महरुमा उनको माग हुन थाल्यो । र अहिलेको समयमा अभिनेत्री एलिसा नेपाली सिनेमा क्षेत्रको एक सफल अभिनेत्रीको सुचिमा सामेल छिन् ।
यतिबेला अभिनेत्री एलिसा अभिनयमा मात्र नभई सामाजिक सञ्जालमा पनी उत्तिकै सकृय छिन् । अहिले जब एलिसा उनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । तब उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन ।
तस्बिर श्रोत: एलिसा राइ इन्स्टाग्राम