बिग बोस १३ का विजेता सिद्धार्थ शुक्ला बिहीबार हृदयघातका कारण यस दुनियाँबाट बिदा भएका छन् । त्यस पछी सिद्धार्थ र शहनाज गिलको एक डान्स गरेको भिडियो धेरै भाइरल हुँदैछ। अहिले सम्म यो भिडियो ३७ लाख भन्दा धेरै मानिसहरु हेरि सकेका छन् । शहनाजले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा केहि दिन पहिले एक भिडियो सार्वजनिक गरेकी थिइन् । जसमा सिद्धार्थ र शेहनाज गिल एक साथ डान्स गरिहेका छन् । त्यस समयमा दुबै रियालिटी शो ‘डान्स दीवाने -३’ को सेटमा पुगेका थिए।
सिद्धार्थ शुक्लाको मृत्युको खबर सुनेर उनका फ्यानहरु स्तब्ध भएका छन्। सिद्धार्थको मृत्यु पछि सम्पूर्ण अभिनय क्षेत्र शोकमा डुबेको छ । बिगबोसको सेटमा भेटेपछि शहनाज र सिद्धार्थ निकै मिल्ने साथि बनेका थिए । उनीहरुको जोडीलाई मानिसहरुले निकै रुचाएका थिए । दुबैले सँगै एक म्युजिक भिडियोमा पनि काम गरेका छन् ।
सिद्धार्थ र सहनाज ‘डान्स दिवाने ३, मा गएको बेलामा एक संगीतमा डान्स पनि गरेका थिए । अहिले उक्त्त भिडियो सामाजिक सञ्जालमा उनीहरुको अन्तिम भिडियो भनेर भाइरल भैरहेको छ । यतिबेला अभिनेता सिद्धार्थको निधनको खबरले सबैजना चकित भएका छन् । त्यस समयमा कसैलाई पनि उनको निधनको खबर पत्याउन मुस्किल भएको थियो ।