ज्योतिषीहरुका अनुसार सेप्टेम्बरमा विभिन्न पाँच ग्रहको राशि परिवर्तन हुँदैछ। सेप्टेम्बर महिनामा राशि परिवर्तन गर्ने ग्रहहरुमा बुध, बृहस्पति, सूर्य, मंगल र शुक्र छन्। त्यसमध्ये दुई ग्रह आफ्नो राशिमा प्रवेश गर्नेछन्। ग्रहचक्रमा हुने ती परिवर्तनको सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार निम्न पाँच राशिहरुलाई सेप्टेम्बर महिनाभर नकारात्मक प्रभाव मिल्नेछ।
तुला राशि
यो महिना तपाईंले हरेक कार्य निकै सम्हालिएर गर्नुपर्ने हुन्छ। महिनाको सुरुवात मै कार्यक्षेत्रमा विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ। कुनै पनि कार्य सफल गर्न निकै कडा मेहनत गर्नुपर्नेछ। ठूला कार्य सुरु गर्न चाहनुहुन्छ भने केहि समय कुर्नु नै राम्रो होला। विद्यार्थी वर्ग तथा शिक्षा क्षेत्रका मानिसको लागि पनि यो समय त्यति राम्रो छैन। दाम्पत्य जीवनमा एक-अर्का बीच मनमुटाव पैदा हुनसक्छ। महिनाको अन्त्यमा स्वास्थ्य तथा भविष्यका कारण मन चिन्तित रहनेछ।
धनु राशि
धनु राशिका मानिसलाई यो महिना आलस्यले सताउन सक्छ। कार्यक्षेत्रमा निकै सावधानपूर्वक काम गर्नुपर्ने देखिन्छ। यो समयमा तपाईंको शत्रु निकै सक्रिय हुनेछन्। कुनै सानो गल्तीले पनि तपाईंको मान-सम्मानमा ठेस पुर्याउन सक्छ। मानसिक तनाब बढ्नेछ। अनावश्यक क्षेत्रमा खर्च बढ्दा आर्थिक सङ्कटले सताउन सक्छ। तपाईंको कठिन समयमा जीवनसाथीबाट भने पूरा साथ सहयोग प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा पनि खास सफलता प्राप्त नहुन पनि सक्छ।
मकर राशि
मकर राशिका मानिसले यो महिना हरेक कार्य निकै ध्यान दिएर गर्नुपर्नेछ। महिनाको सुरुवात मै कार्यक्षेत्रमा कामको बोझ बढ्नेछ। आर्थिक समस्याले पनि सताउने सम्भावना देखिन्छ। अनावश्यक खर्च गर्नबाट बच्नुहोला। शत्रुले तपाईंलाई तल झार्ने खुब प्रयास गर्नेछन्। यो अवधिमा लेन-देनको दृष्टिकोणले कसैलाई पनि विश्वास गर्ने स्थिति छैन, अन्यथा नोक्सान हुने उच्च सम्भावना छ। प्रेम सम्बन्धमा पनि कुनै न कुनै विषयमा मनमुटाव हुनसक्छ। पारिवारिक स्थिति पनि सकारात्मक नरहला।
कुम्भ राशि
कुम्भ राशिका मानिसको यो महिना आफ्नो काममा विश्वास गर्नुपर्छ। भाग्यको भर नपर्नुहोला। कुनै योजना सोचेर सम्झेर मात्र अगाडी बढाउनुहोला। कार्यक्षेत्रमा तपाईंको विरोधी उत्पन्न हुनसक्छन् तर तपाईं उनीहरुलाई पराजित गर्न सफल हुनुहुनेछ। साथी-भाइबाट कुनै प्रकारको सहयोगको आशा नगर्नुहोस्। तपाईंको मान-सम्मानमा आँच आउनसक्छ। प्रेम सम्बन्धका लागि पनि यो महिना त्यति अनुकूल छैन। आकस्मिक लामो यात्रा गर्नुपर्ने हुनसक्छ। स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।
मीन राशि
तपाईंले यो महिना आफ्नो बोली तथा क्रोधमा संयम राख्नु पर्ने हुन्छ, अन्यथा बनेको काम पनि बिग्रन सक्छ। विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। यो समयमा प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। महिनाको अन्त्यमा प्रियजनको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। यो अवाधिमा तपाईंले आर्थिक समस्याको पनि सामना गर्न सक्नुहुनेछ। अनावश्यक क्षेत्रमा खर्च गर्नबाट बच्नुहोला। जग्गा-जमीन सम्बन्धि मामिलामा वाद-विवाद हुन पनि सक्छ, सजग रहनुहोला।