आज भन्दा १६ वर्ष पहिले मोडलिंगमा संसार भरका सबैलाई हराउदै पहिलो बनेका थिए सिद्धार्थ!

अभिनेता सिद्धार्थ शुक्लाको बिहीबार बिहान अचानक निधन भएको छ। सिद्धार्थको परिवार मूलतः उत्तर प्रदेशको प्रयागराजका हुन् र उनका बुबा रिजर्व बैंकमा जागिरको क्रममा मुम्बईमा बसोबास गरेका थिए। सिद्धार्थ पहिलो पटक सामाजिक रुपमा सन २००५ मा देखिएका थिए। तेस समयमा टर्कीमा भएको मोडालिंग प्रतियोगिता संसारबाट संलग्न भेक सम्पूर्ण युवालाई हराउदै उनि वोर्ल्ड बेस्ट मोडेल’ जितेक थिए ।

सन २००८ पछि टेलिभिजनमा काम गरिसकेका सिद्धार्थले गत वर्ष रियालिटी शो ‘बिग बोस’ को विजेता बनेका थिए। यसअघि उनी ‘खतरों के खिलाडी’ को सातौं सिजनको विजेता बनेक थिए । सिद्धार्थ धर्मा धर्मा प्रोडक्शन्सको फिल्म ‘हम्पटी शर्मा की दुल्हनिया’ देखि सकेका छन् । सिद्धार्थ शुक्ला सुरुदेखि नै फिटनेसका शौकीन थिए र लगातार मेहनत गर्थे।


उनका नजिकका साथीहरुका अनुसार बुधवार राती उनी केही औषधि खाएर सुरेका थिए । बिहान उनको परिवारले उनलाई अचेत अवसथामा देखेपछी अस्पताल लागिएको थियो अस्पताल पुग्दा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । सिद्धार्थकी आमा र दुई बहिनी छन् भने उनको बाबुको भने केहि वर्ष पहिले नै निधन भएको थियो ।

लामो समय देखि टेलिभिजनमा कम गर्दै आएका सिद्धर्थ शुक्ला चर्चित टेली सिर्यल ‘बालिका बधु’ चर्चामा आउँ सफल भएका थिए । तर ‘बिग बोस’ को सिजन १३ ले उनलाई धेरै लोकप्रियता दिलायो । भारितिया टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित रियालिटी शो ‘बिग बोस’ को अहिले असमको सर्वेक्षणमा सिद्धार्थ अहिले सम्मकै सबै भन्दा बढी भोट पाउने प्रतियोगीमा पर्छन्।

प्रकाशित : बिहिबार, भदौ १७, २०७८१६:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थ शुक्लाको निधन पछी शहनाज गिलको अवस्था छ यस्तो, शहनाजका बाबुले दिए यस्तो बयान!