गत १९ जुलाईमा अ-श्लील भिडियो काण्डमा चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टीको श्रीमान राज कुन्द्रालाई मुम्बई पुलिसले पक्राउ गरेको थियो । शिल्पाका पति राजमाथि अ-श्लील फिल्म बनाएर एपमा अपलोड गरेको आरोप छ। उनको पति पक्रा परेपछि शिल्पा शेट्टी पनि कानूनी कारबाहीको एक हिस्सा बन्नु परेको थियो। पुलिसले शिल्पा शेट्टीलाई सोधपुछ गर्नुको साथै उनको बैंक खाता पनि चेक जाँच गरेको थियो ।
यस घटनाका कारण शिल्पा र उनको परिवारको छवि नराम्रोसँग बिग्रिएको छ। यस्तो स्थितिमा अब राज कुन्द्रा र शिल्पाको बारेमा एक ठुलो खबर बाहिरिएको छ । भारतीय मिडियाको अनुसार शिल्पा पति राज कुन्द्राबाट अलग हुने योजनामा रहेको बताइएको छ। अब शिल्पा राज कुन्द्रा संगको सम्बन्धमा खुशी छैनन् । जसकारण शिल्पा अब राज कुन्द्राबाट छुट्टिने तयारीमा छिन् ।
भारतीय मिडिया बलिउड हंगामाको अनुसार राज कुन्द्राको अ-श्लील भिडियो काण्डले शिल्पालाई धरै समस्या भोग्नु परेको छ । यतिबेला शिल्पाको नजिकका साथि हरुबाट शिल्पाको बारेमा ठुलो खुलासा भएको छ । शिल्पाको साथीले भनिन् ‘ शिल्पा अब राज कुन्द्राले दिएको कुनै पनि सामाना छुन पनि चाहन्नन्।
शिल्पा आफैमा आत्मनिर्भर छिन् । अब शिल्पा आफ्ना बच्चाको ध्यान आफै राख्न सक्छिन् ।’ शिल्ल्पाको साथीले यो पनि भनेकी छिन् ‘ शिल्पा अब ‘हंगामा २’ र ‘निकम्मा’ पछि धेरै फिल्ममा काम गर्नको लागी तयार छिन्।
जब शिल्पालाई राज कुन्द्राको पो-र्नोग्राफी मामिलामा सोधपुछ गरियो। त्यतिबेला उनले आफ्नो पतिलाई निर्दोष घोषित गरिन्। शिल्पाले यो पनि भनिन् कि “राज बो-ल्ड सिन भएको फिल्म बनाउँछ, अ-श्लील फिल्महरु होइन।”
शिल्पाको यो बयानका कारण उनलाई सामाजिक सञ्जालमा धेरै ट्रोलको सामना गर्नु परेको थियो। त्यसपछि शिल्पाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उनको र उनको परिवारको गोपनियतामा ध्यान दिन अनुरोध गरेकी थिइन् ।