शुख, सुविधा, धन दिने ग्रह शुक्र यी दुई राशिमा हुदैछन् विराजमान, के तपाई पनि पर्नुभयो ?

शुक्र ग्रह सुख, प्रेम, विवाह र खुशीको कारक ग्रह हो। जुन मानिसको कुण्डलीमा शुक्र ग्रह राम्रो स्थानमा छ । त्यस्ता मानिसले जीवनमा धरै शुख सुबिधा प्राप्त गर्न सक्छ । जुन व्यक्तिको कुण्डलीमा शुक्र ग्रह सहि स्थानमा बसेको हुन्छ । तेस्ता मानिसहरु विलासी जीवन बिताउँछन्। ५ सेप्टेम्बर, आइतबार राति १२ बजे राशि परिवर्तन हुँदैछ । शुक्र  ग्रह त्यस दिन कन्या राशि छोडेर तुला राशिमा प्रवेश गर्दै छन् । तुला राशि शुक्र ग्रहको स्वामी हो । यस बाहेक शुक्र ग्रह वृषव राशिको पनि स्वामी हो । शुक्र ग्रह १ अक्टोबर सम्म तुला राशिमा रहने छन् । यस समयमा यि दुई राशीमा शुक्र ग्रहको बढी प्रभाव पर्ने भएको छ ।

वृष राशी


शुक्रको राशि परिवर्तनले वृष राशिको लागी धेरै शुभ साबित हुनेछ। यी राशिको मानिसलाई काममा धरै लाभ हुनेछ । सोचेको आटेको काम पुरा हुनेछ। काममा पदोन्नति हुन सक्छ। धन आर्जनको लागि विभिन् श्रोत भेटिने छ । समग्रमा यस अवधिमा वृष राशि भएका मानिसलाई स्वास्थ्य, व्यवसाय र आम्दानीमा बिशेष लाभ हुने स्थिति रहेको छ ।

तुला राशि


यस तुला राशिको लागि यस समय धरै राम्रो साबित हुनेछ । किनकि यस समयमा शुक्र ग्रह आफ्नै राशि तुलामा आएर बास्ने छ । जसको कारण तुला राशिको मानिसको लागि धन आर्जनको विभिन्न श्रोत भेटिने छन् । आर्थिक स्थितिमा राम्रो सुधार हुनेछ । यस अवधिमा लगानी गर्नु निकै फाइदाजनक हुनेछ ।

यी हुन् शुक्र ग्रह कमजोर हुदाको संकेत
जसको कुण्डलीमा शुक्र ग्रह कमजोर छ, उनीहरुको जीवनमा भौतिक सुखको कमी छ। यस्ता पुरुषहरु रमाइलो गर्नमा खासै रुची राख्दैनन् । शुक्र ग्रह कमजोर भएको मानिसको पारिवारिक जीवनमा समस्या आउन सक्छ । तसर्थ यस्ता समस्याबाट बच्नको लागि ज्योतिष परामर्श लिनु धरै राम्रो हुन्छ ।

प्रकाशित : सोमबार, भदौ १४, २०७८१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा बृहस्पतिको ठूलो परिवर्तन, कुन राशिमा कस्तो प्रभाव पर्ला ? जान्नुहोस् !