टिभी क्षेत्रको सबैभन्दा विवादित रियालिटी ‘शो बिग बोस’ जब-जब टी-आरपी डाउन हुन्छ तब-तब शो निर्माता शोमा कुनै न कुनै किसिमको उपाय लगाउछन् जसको कारण शोको टि-आरपी ठुलो फड्को मर्छ । यस पटक पनि शोको निर्माताहरु यस्तै केहि गर्न जाँदैछन्। पूर्व पोर्न स्टार र बलिउड अभिनेत्री सन्नी लियोनी चाँडै बिग बोस ओटीटीमा देखिदै छिन्।
सन्नी लियिनी अब शोमा यस्तो जादु देखाउँदै छिन् । जसको कारण अचानक घरको माहोल परिवर्तन हुनसक्छ । सन्नी लियोनी बिग बोसको घरमा एक प्रतियोगीको रूपमा नभई एक अतिथिको रूपमा प्रवेश गर्न जाँदैछन्। बिग बोसको घरमा जाने कुरा सन्नी लियोनिले एक भिडियो मार्फत जानकारी दिएकी हुन् । सन्नी लियिनी बिग बोसको घरमा जानको लागी धेरै उत्साहित छिन्।
भिडियोमा सन्नी लियोनीले भनिन् ‘म बिग बोस ओटीटीको घरमा जान निकै उत्साहित भएको छु ।’ अब आगामी शोमा हेर्न बाकिछ शोमा सन्नी लियोनिको आगमनले कस्तो प्रभाव पार्छ ? अहिले सम्म यो खुलास भएको छैन कि शोमा सन्नी लियोनि मात्र आउछिन् कि उनको साथमा अरु पनि कोहि आउछ ।