आफ्नो सोलमेट भेट्टाउन निकै गाह्रो पर्छ यी राशिका जातकलाई

काठमाडौँ : जीवनमा प्रेम पाउनु अत्यन्तै सौभाग्यको कुरा हो। जसले आफ्नो सोलमेट(Soulmate) भेट्टाउँछन्, तिनीहरुको जीवनमा खुशीको बहार आउँछ। केही मानिसहरुलाई आफ्नो जीवनसाथी(Life Partner) खोज्न अत्यन्तै कठिन लाग्छ। आज हामी तपाईलाई ती राशिहरुका बारेमा बताउनेछौँ, जसले जीवनमा आफ्नो सोलमेट पाउन धेरै सङ्घर्ष गर्नुपर्छ।

यी राशिका जातकले सोलमेट नभेट्टाउनुमा यिनीहरुको सोच र स्वभाव बाधक हुन्छ। यस मामिलामा केही अत्यन्तै लजालु हुन्छन् भने केही यति स्‍वच्‍छन्द हुन्छन् कि यिनीहरु कुनै बन्धनमा बाँधिन चाहँदैनन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यस राशिका जातकको लागि आफ्नो बानीब्होरा नै सोलमेट खोज्दा बाधक बन्छ। यस राशिका जातकको सामान्यतया: हरेक कुराको आलोचना गर्ने आदत हुन्छ। यिनीहरु आफ्नो दिल टुट्नबाट बचाउनको लागि मायामोहबाट टाढै बस्छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

यस राशिका जातक अत्यन्तै रवाफिला हुन्छन् र हरेक काममा आफूलाई सर्वश्रेष्‍ठ सम्झिन्छन्। र अरुलाई होच्याउने प्रकृतिका हुन्छन्। यसकारण यिनीहरुले जीवनसाथी पाउन मुश्किल हुन्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

यस राशिका जातक आफ्नो भावना व्यक्त गर्ने मामिलामा धेरै पछाडी हुन्छन्। प्रेमको मामिलामा पनि यिनको यो कमजोरीले यिनलाई आफ्नो भावना व्यक्त गर्न असमर्थ बनाउँछ। जसको परिणामस्वरुप यिनीहरुले आफ्नो असल साथी गुमाउँछन्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

यिनीहरु मनमौजी हुन्छन् र आफ्नो जिन्दगीमा कुनै खाले बन्धनमा बस्न चाहँदैनन्। यिनीहरु विवाहको बन्धनबाट टाढै रहन्छन्। यसैकारण यिनले आफ्नो जीवनसाथी ढिलै पाउँछन्।

प्रकाशित : आइतबार, भदौ १३, २०७८१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नो प्रेमी-प्रेमिकामाथि हक जमाउन खोज्छन् यी ४ राशिका जातक