सेप्टेम्बर महिनामा यी चार राशिको चम्कनेछ भाग्य, मिल्नेछ लाभै-लाभ !

एजेन्सी – ज्योतिष शास्त्र अनुसार ग्रहहरु लगातार राशि परिवर्तन गरिरहन्छन्। ग्रहहरुले गर्ने राशि परिवर्तनकै आधारमा राशिहरुले प्राप्त गर्ने फलको तय हुने गर्छ। ज्योतिषीहरुका अनुसार सेप्टेम्बरमा विभिन्न पाँच ग्रहको राशि परिवर्तन हुँदैछ।

सेप्टेम्बर महिनामा राशि परिवर्तन गर्ने ग्रहहरुमा बुध, बृहस्पति, सूर्य, मंगल र शुक्र छन्। त्यसमध्ये दुई ग्रह आफ्नो राशिमा प्रवेश गर्नेछन्। ग्रहचक्रमा हुने ती परिवर्तनको सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार निम्न पाँच राशिहरुलाई सेप्टेम्बर महिनाभर सकारात्मक प्रभाव मिल्नेछ।

वृष राशि

सेप्टेम्बर महिना वृष राशि हुनेहरुका लागि शानदार रहनेछ। लामो समय देखि सफल हुन नसकिरहेका कार्यहरु सफल हुनेछन्। महत्वपूर्ण योजना हातलागी हुनेछ। महिनाको मध्यमा वैदेशिक यात्राको अवसर जुर्नेछ। आर्थिक रुपमा महिनाको अन्त्य सम्म पनि लाभ मिल्नेछ्न्। महिनाको अन्त्य सम्ममा नयाँ कार्यको थालनी हुन सक्ने सम्भावना समेत देखिन्छ। महिनाको अन्त्यमा प्रियजनसँग भेटघाट हुन सक्ला। विलासिताका सामग्री किन्ने अवसर पनि जुर्न सक्ला।

सिंह राशि

सेप्टेम्बर महिना लाग्नेबितिकै दौडधुप बढेपनि महत्वपूर्ण कार्यहरु सहजै सफल हुनेछन्। जीवनमा रहेका समस्याहरु क्रमश हट्दै जानेछन्। प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। विदेशमा रहने आफन्तजनको तर्फबाट शुभ समाचार प्राप्त हुनेछ। हरेक कार्यमा परिवारको साथ मिल्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। महिनाको अन्त्यमा रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुन सक्ला।

कन्या राशि

सेप्टेम्बर महिना कन्या राशि हुनेहरुका लागि वरदान सावित हुनेछ। महिनाको शुरुवातमै बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। बिग्रिएका कार्यमा सुधार देखिनेछ। आर्थिक समस्या देखि छुटकारा मिल्नेछ। बौद्धिक रुपमा आफ्नो क्षमता देखाउने उपयुक्त समय मिल्नेछ। शत्रु सहजै पराजित हुनेछन्। विद्यार्थीहरुका लागि पनि महिना धेरै शुभ रहनेवाला छ। लाभांश सञ्चय अवसर मिल्न सक्ला। शेयर बजारमा लगानी गर्नको लागि महिना धेरै शुभ देखिन्छ।

वृश्चिक राशि

सेप्टेम्बर महिना वृश्चिक राशि हुनेहरुका लागि धेरै शुभ सावित हुने देखिन्छ। सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने अवसर मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्ला। सामाजिक दायित्व उचित तरिकाबाट बहन गर्दा सम्मानित भैनेछ। विशिष्ट व्यक्तिहरूसँगको मित्रताले महत्वपूर्ण कार्य सफल गराउनेछ। महिनाको अन्त्यमा धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर मिल्नेछ। प्रेम जीवन पनि महिनाभर उत्साहप्रद रहन सक्ला।

प्रकाशित : शनिबार, भदौ १२,

प्रकाशित : शनिबार, भदौ १२, २०७८१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीकृष्ण जन्माष्टमीको दिन कन्यापूजा गर्दा मिल्छन् विभिन्न समस्या देखि छुटकारा ! [तरिका सहित]