भदौ १२ देखि १८ गतेसम्मको साप्ताहिक राशिफल : यी राशिलाई समस्यै समस्याले भरिएको छ साता

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

समस्यै समस्याले भरिएको साता छ । सुरुका दिनमा भोजभतेर गरेर इष्टमित्रहरूलाई खुसी पार्ने कोसिस गरे पनि त्यो सफल होला जस्तो छैन । घरपरिवारमा कचिङ्गल बढिरहला । समस्यालाई समाधान गर्न सकिने स्थिति छैन । एक्लैले सबै काम भ्याउनु पर्नेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

मध्यम खालको साता छ । मानप्रतिष्ठा नबढे पनि धैर्यको सीमा टुट्ने देखिन्न । शनिबारको दिनमा बढी खर्च होला । आइतबारदेखि मङ्गलबारसम्मका दिनहरू रमाइलो गर्नमा नै बित्नेछ । मित्रहरूले कार्य रूपमा नभए पनि बौद्धिक खाले सल्लाह भने दिनेछन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

व्यापारसम्बन्धी कामबाट केही फाइदा लिन सकिनेछ । मनको भित्री चिन्ता कत्ति पनि घट्ने छैन । मद्दत दिनेहरूको सङ्ख्या सामान्य मात्रै देखिन्छ । व्यापारसम्बन्धी काममा फाइदा होला । खासगरी घरजग्गासम्बन्धी व्यवसायमा प्रगति गरिने समय छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

खर्च भई नै रहला । अत्यावश्यक काममा भन्दा पनि बेकारका काममा बढी खर्च हुन जानेछ । परिवारको सहायता भने गतिलै पाउनुहोला । विशेषगरी व्यवसायमा परिश्रम धेरै पर्ला । पढाइमा अझै पनि थोरै समय मात्रै जानेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

सुरुको दिनमा अलिअलि डर लाग्ला तर बिग्रने समय छैन । सहायता दिने मित्रहरू प्रशस्त भेट्टाउनुहुनेछ । केही गतिला काम पनि तपाईंबाट हुनसक्छ । पढाइ र लेखाइ दुवैतिर प्रगति हुने समय छ । जागिरतिर पनि निराशा देखिन्न ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

पूर्वाद्र्ध त्यति राम्रो छैन । अनेकौँ समस्या परिरहलान् । लक्ष्यबमोजिम कुनै काम पनि हुने छैन । बुधबारदेखि मात्रै केही गति आउने छ । हातले समातेको व्यवसायले सामान्य लाभ मात्र देला । पढाइमा प्रगति गर्न बगलामुखीको आराधना गरिरहनुहोस् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

मध्यम खालको साता छ । शनिबारको दिन कुनै गतिलो काम बन्ला । त्यसपछि भने समस्यासित बढी जुध्नु पर्नेछ । सानो काम गर्न पनि धेरै परिश्रम लगाउनु पर्ला । मित्रहरूबाट खास सहयोग होला जस्तो छैन । पढाइमा समय दिनुहोस्, प्रगति नै हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

पूर्वाद्र्ध राम्रो खालको छ । केही काम गर्ने भए मङ्गलबारसम्ममा नै गरिहाल्नुहोस् । बुधबारदेखि त्यति राम्रो समय छैन तर साहसको मात्रा भने कत्ति पनि घट्ने छैन । यही प्रवृत्तिले तपाईंलाई मनग्गे टेवा दिनेछ । खासगरी नोकरीको क्षेत्रबाट राम्रो मद्दत पुग्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

शनिबारको दिन सोचेभन्दा बढी खर्च हुनेछ । तैपनि आँटेका काम त्यति बन्ने छैनन् । आइतबारदेखिका दिनहरू राम्रा खालका छन् । मनमा भएको निराशा र शङ्का बिस्तारै घटेर जानेछन् । व्यापार व्यवसायमा लगाएको परिश्रम खेर जाने छैन ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

सुरुको दिनमा स्वास्थ्य बाधा होला र यही स्वास्थ्यलाई ठीक गर्न खर्च बढ्ने देखिन्छ । बुधबारदेखिका दिन भने निकै राम्रा खालका छन् । कुनै काम गर्नुपर्ने भए यिनै दिनमा सम्पन्न गर्नुहोस् । जागिरबाट कम र व्यवसायबाट राम्रो फाइदा लिन सक्नुहुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आधा काम बन्नेछन् भने आधा बाँकी रहनेछन् । यात्राको सम्भावना नजिकिएर आएको छ । व्यापार व्यवसायबाट सामान्य लाभ मात्र होला । परिश्रमअनुसारको फल नमिल्दा केही खल्लो अनुभव हुनेछ । हाललाई नारायणको दर्शन र सूर्यको आराधना नित्य गरिरहनुहोस् ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

खर्चलाई घटाउन सकिने समय छैन । अनेकौँ परिबन्द परेर सोचेको भन्दा प्रशस्त खर्च बढ्न जाला । स्वास्थ्यमा सानोतिनो बाधासमेत भइरहने देखिन्छ । आइतबारदेखि मङ्गलबारसम्मका दिन भने केही न केही दिने खालका छन् । बगलामुखीको आराधना गरिरहनुहोस् ।

प्रकाशित : शनिबार, भदौ १२, २०७८११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज भदौ १३ गते आईतबार : राम्रो-नराम्रो कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल !