बिग बोस सिजन १५ भयो मनोरञ्जनको अभाव, शिल्पाको बैनी देखिइन् यस्तो मुडमा!

यस सिजनमा चर्चित रियालिटी शो बिग बोस सिजन १५ को प्रसारण टिभीमा नभई ओटीटीमा शुरू गरिएको छ। शोमा शमिता शेट्टी र राकेश बपटेको रोमान्टिक दृश्य सार्वजनिक भएको छ । यस भन्दा अघिल्लो सिजनको प्रतियोगी राखी सावन्त भन्छिन् यस सिजनमा खासै मनोरञ्जनको विषय बस्तु छैनन् ।

बिग बोसलाई सानो पर्दाको सबैभन्दा चर्चित र विवादित रियालिटी शो मानिन्छ । शोका निर्माताहरु हरेक सिजनमा केहि फरक शैली प्रस्तुत गर्न चाहन्छन् । ताकी शो हेर्ने दर्शाले पूर्ण रुपाम मनोरञ्जनको प्राप्त गर्न सकुन् । बिग बोसको यस सिजन टीभीको सट्टा ओटीटी प्लेटफर्ममा शुरू भएको छ ।

पूर्व सिजनको प्रतियोगीको राखी सावन्तको भनाइ छ यस सिजनका प्रतोयोगी मनोरञ्जन गर्न पाइरहेका छैनन् । राखिको भनाई रहेको छ यस सिजनका प्रतियोगी सुतेको मात्र देख्न सकिन्छ । हालै शोमा एक रोमान्टिक सिन देख्न पाइएको छ । हालसालै शमिता शेट्टी र राकेश बापटको बीचमा केहि रोमान्टिक सिना देख्न पाइएको छ।


यस भन्दा अघिल्लो सिजनहरुमा शो बलिउड अभिनेता सलमान खानले चलाउँदै आएका थिए । तर यस सिजनबाट सलमानले शो छोडेका छन् । अहिले बिग बोस सिजन १५ मा होस्टको रुपम करण जौहर देखिएका छन् ।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१५:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंका हरेक शैलीमा बनाउँछिन् पागल, गर्नुहोस् ग्ल्यामर तस्बिर!