एउटा यस्तो गाउँ जहाँ प्राय: जन्मिन्छन् जुम्ल्याहा बच्चा, विशेषज्ञ पनि छन् तनावमा!

संसार भरमा धरै अनौठो-अनौठो घटना घटेको सुनिन्छ । जुन घटनाले देश विदेशहरुमा धरै चर्चा बटुलि रहेका हुन्छन् । कतिपय घटना यस्ता हुन्छन्, जुन सुन्दा विश्वास नै गर्न मुस्किल हुन्छ। आज हामी यस पोस्टमा त्यस्तै घटनाका बारेमा बताउने छौँ । आज यस्तो गाउँको बारेमा बताउने छौँ । जहाँ धरै मात्रामा जुम्ल्याहा बच्चा जन्मन्छन् । यो ठाउँ भारतको केरला राज्यको मलप्पुरम जिल्लाको कोडिन्ही गाउँमा अवस्थित छ।

यस गाउँको यस अनौठो कुरालाई अहिलेको समयमा देश विदेशमा चर्चा हुने गरेको छ । अहिले त्यस ठाउँमा मानिसहरु टाढा-टाढाबाट हेर्न आउछन् । साथै पछिल्लो समयमा देश तथा विदेशबाट हेर्न आउने मानिस बढेका छन् । त्यस गाउँका प्राय: बच्चाहरु जुम्ल्याहा जन्मेका छन्। आखिर यस गाउँमा किन यति धेरै जुम्ल्याहा जन्मिन्छन्? यस बिषयमा जान्नको लागि धरै वैज्ञानिकहरु गाउँमा आए तर कसैले पनि यस बिषयको खोज गर्न सकेनन् ।

यहाँका स्थानीय मानिसहरु भन्छन् कि यस गाउँमा भगवानको एक विशेष अनुग्रह छ। जसको कारण धेरै बच्चाहरु जुम्ल्याहा जन्मेका छन्। यस गाउमा बिगत ५० वर्ष देखि अहिलेसम्म ३०० भन्दा बढी जुम्ल्याहा बच्चाहरु जन्मिएका छन्।

त्यस गाउँमा अहिलेसम्म धरै अनुसन्धान भएका छन् तर अहिले सम्म कुनै निस्कर्ष निस्केको छैन। त्यस स्थानका स्थानीय बासिन्दा भन्छन ‘यस ठाउँको हावा पानि नै यस्तै छ, जसको कारण जुम्ल्याहा बच्चाहरु यहाँ धेरै जन्मेका छन् ।

प्रकाशित : बिहिबार, भदौ १०, २०७८११:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ कुरामा सधैँ पुरुष भन्दा आगाडी हुन्छन् महिला, चाणक्यको नीतिमा गरिएको छ यस्तो खुलासा!