ऐश्वर्या राय दोश्रो पटक आमा बन्दै?

विश्व सुन्दरी ऐश्वर्या राय बच्चन एक पटक फेरी चर्चामा छिन्। एक पटक फेरी ऐश्वर्या  रायको गर्वास्थाको समाचारले सामाजिक सञ्जाल तताएको छ । भर्खरै अभिनेत्री एयरपोटमा देखिएकी थिइन्। अभिनेत्री मध्ये प्रदेशमा फिल्म शुटिंगको लागि जादै छिन्। यतिबेला अभिनेत्रीलाई एयरपोर्टमा देखेपछी मानिसहरु अभिनेत्री गर्भवती भएकी हुन् भन्ने विषयमा आकलन गर्न लागेका छन् । एयरपोर्टमा अभिनेत्री कालो कपडामा छोरी आराध्याको साथमा देखिएकी थिइन् ।

अभिनेत्री ऐश्वर्या राय बच्चन विशेष विमान द्वारा साँझ ४ बजे दतिया पुगिन् र यहाँ बाट सडक द्वारा ओरछा गाइन् । ऐश्वर्या सँग उनको छोरी पनि थिइन् । निवाडीको ओरछामा रहेको ऐतिहासिक सम्पदाले एक पटक फेरि देशका ठूला फिल्म निर्माताहरुलाई आकर्षित गरेको छ। प्रसिद्ध फिल्म निर्देशक मणिरत्नमको फिल्म ‘पोन्नियिन सेलवन’ को शुटिंग यतिबेला चलिरहेको छ । ५०० करोडमा बन्न लागेको यो फिल्मको शुटिंग पछिल्लो केहि दिन देखि ओरछामा जारी रहेको छ ।

ऐश्वर्या उनको शुटिंग तालिका अनुसार शुक्रबार एक विशेष विमानबाट दतिया पुगिन् र यहाँबाट ओरछाको लागी प्रस्थान गरेकी छिन्। यतिबेला ओरछामा फिल्म शुटिंग भैरहेको छ ।

मणिरत्नमको फिल्म ‘पन्नोयिन सेलवन-१’ मा दक्षिण सुपरस्टार विक्रम, ऐश्वर्या राय बच्चन, त्रिशा र प्रकाश राजको अभिनय रहेको छ । ऐश्वर्या र अभिषेक बच्चन अभिनित फिल्म ‘रावण’ पनि ओरछामा नै शुटिंग भएको थियो ।

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंकाले साथिहरुको साथमा सार्वजनिक गरिन् यस्ता तस्बिर, हेर्नुहोस् तस्बिर सहित!