भदौ महिनाको राशिफल : राशिअनुसार शुभ-अशुभ कस्तो रहला यो महिना ?

• ज्योतिष हरिप्रसाद पौडेल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

कार्यव्यस्तता बढेर जानुका साथै पारिवारिक चिन्ता केही बढ्ने देखिन्छ । मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यता अनुकूल रहनेछ । साथीहरूसँंगको भेटघाट, रमाइलो ठाउँको भ्रमण जस्ता मनोञ्जनका अवसर मिल्ने छन् । घरव्यवहारका कुरालाई लिएर दम्पतीमा सामान्य असमझदारी समेत बढेर जाने सम्भावना छ । महिनाको उत्तरार्धमा विवादमा विजय तथा प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । धार्मिक एवं सामाजिक काममा समेत सहभागी हुनुपर्ने छ । आर्थिक कारोबारमा क्रमशः सुधार आउनुका साथै आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

शारीरिक एवं मानसिक परिश्रम केही ज्यादा नै पर्न जानेछ । शरीरमा सामान्य जिउज्यान दुख्न सक्ने सम्भावना छ । गर्न आँटेका काममा नसोचेका अनावश्यक बाघाअड्चन देखापर्ने छन् । पठनपाठनमा सामान्य प्रगतिको योग छ । वादविवाद एवं प्रतिस्पर्धामा सफलता मिल्ने छ । रिस गर्ने एवं काम बिगार्न खोज्नेहरू देखिएकाले सतर्कता अपनाउनुहोला । लेनदेनसम्बन्धी कारोबार एवं ठूलो आर्थिक लगानी नगर्दा नै राम्रो होला । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना छ । सामाजिक कार्यक्रममा सहभागी हुनुका साथै रमाइलो पारिवारिक भेटघाटको अवसर समेत मिल्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

सफलताको महिना छ । पराक्रम एवं कार्यक्षमता बढेर जाने छ । आँटेका काम एवं योजनामा महत्वपूर्ण सफतला प्राप्त होला । महिनाको पूर्वार्धमा आर्थिक कारोबारमा सफलता मिल्नुुका साथै फसेको धनमाल हात पर्ने सम्भावना छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । पठनपाठन एवं धार्मिक कार्यमा गहिरो अभिरुचि लाग्ने छ । साथीभाइसँगको भेटघाट, खानपान रमाइलो ठाउँको भ्रमणजस्ता मनोरञ्जनका अवसर मिल्ने छन् । महिनाको अन्त्यतिर रमाइलो भेटघाटको योग छ । रमाइलो पारिवारिक माहोलको वातावरण बन्ने छ । मनोरञ्जनको क्षेत्रमा खर्चको मात्रा बढेर जाने सम्भावना छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

अनावश्यक दौडधूप एवं परिश्रम केही बढी नै गर्नुपर्ला । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने सम्भावना छ । आर्थिक कारोबारमा हानि नोक्सानीको सम्भावना भएकाले सतर्कता अपनाउनुपर्नेछ । कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउने छ । शरीरमा पेट तथा आँखासम्बन्धी सामान्य समस्याले सताउन सक्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखापर्नुका साथै अनावश्यक कलहको सम्भावना छ । महिनाको उत्तरार्धमा इष्टमित्र तथा साथीभाइको सहयोगले महत्वपूर्ण सफलता प्राप्त हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

गर्न आँटेका काममा अनायासै नसोचेका झमेला आइपर्नाले दिक्क पार्न सक्ने देखिन्छ । यात्रा तथा सवारी चलाउँदा विशेष होसियारी अपनाउनुपर्ने छ । खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति देखा पर्ला । पठनपाठनमा आएको अभिरुचि यथावत् रहने छ । बोलीसम्बन्धी सामान्य दोष लाग्न सक्ने देखिएकाले विचार पु¥याउनुपर्ला । महिनाको मध्यभागमा आर्थिक सफलताको योग छ । उत्तरार्धमा क्रमशः काममा आएका विघ्नबाधाहरू हटेर जाने छन् । आत्मबल बढ्ने छ भने प्रतिस्पर्धामा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

ठूला आर्थिक लगानी एवं लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनुपर्ने छ । अनावश्यक दौडधूप एवं कार्यव्यस्तता बढेर जाने छ । सामाजिक एवं धार्मिक काममा अभिरुचि लाग्ने छ । अनावश्यक खर्चको मात्रा केही बढी गराउने देखिन्छ । महिनाको उत्तरार्धमा वादविवादमा विजय मिल्नुका साथै सफलताको योग छ । नयाँ आर्थिक स्रोत प्राप्त होलान् । पठनपाठनमा गहिरो अभिरुचि लाग्नुका साथै महत्वपूर्ण सफलता हात पर्ने छ । रमाइलो ठाउँको भ्रमण, भेटघाट, खानपान, किनमेल आदि मनोरञ्जनका विषयले सञ्चित धनराशिको खर्च गराउने देखिन्छ ।आकस्मिक यात्रा एवंस्थान परिवर्तनको समेत सम्भावना छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

चौतर्फी सफलताको महिना छ । स्वास्थ्य स्थिति अनुकूल रहने छ । मनले सोचेका योजनाले सफलता पाउलान् । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । रोकिएका काम क्रमशः बन्नुका साथै नयाँ काम समेत मिल्ने सम्भावना छ । महिनाको उत्तरार्धमा आर्थिक पक्षका काममा सफलता मिल्नुका साथै पद एवं प्रतिष्ठा बढ्ने सम्भावना देखिन्छ । घरायसी झमेला एवं सन्तानको चिन्ताले भने केही पिरोल्नेछ । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन् । भोगविलास एवं मनोरञ्जनको क्षेत्रमा सञ्चित धन राशिको खर्च गराउने देखिन्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

गर्न आँटेका काममा राम्रै सफलता मिल्ने योग छ । आर्थिक कारोबारमा उन्नति प्रगति राम्रो गराउला । विवाद एवं प्रतिस्पर्धामा सफलता मिल्नेछ । आत्मबल बढेर जानुका साथै कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाने छ । धार्मिक एवं सामाजिक काममा गहिरो अभिरुचि लाग्नेछ । पठनपाठनमा गहिरो अभिरुचि लाग्नाले राम्रो सफलता मिल्ने छ । महिनाको पूर्वार्धमा आएका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन् । दाम्पत्य सुख सम्बन्धमा मधुरताको आभास गराउला । आफन्त एवं पारिवारिक भेटघाटले मन रमाउने छ । युवकयुवतीका लागि प्रेम तथा मनोरञ्जनको अवसर प्रशस्त मिल्ने छन् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दौडधूप एवं कार्यव्यस्तता बढेर जाने छ । आँटेका काममा सामान्य बाधाअड्चन आइपर्नाले केही निराशा बनाउन सक्छ । व्यर्थको विवादमा पार्ने तथा अनावश्यक खर्चको मात्रा बढेर जाने सम्भावना देखिन्छ । अध्ययन अध्यापनमा लागेको अभिरुचि यथावत् रहने छ ।आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ । धार्मिक एवं सामाजिक कार्यमा सहभागिता जनाउनुपर्ला । भूमि एवं वाहनसम्बन्धी झमेला आइपर्न सक्ने छ । महिनाको उत्तरार्धमा काममा आएका अवरोध हटेर जानुका साथै आर्थिक पक्षमा सुधार हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

नयाँ लगानी एवं लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनुपर्ला । सामान्य शारीरिक अस्वस्थताको सम्भावना छ । मानसिक अस्थिरता एवं दुविधाहरू बढेर जाने देखिन्छ । पठनपाठनमा समेत अनावश्यक बाधाअड्चन आइपर्ने छन् । गर्न आँटेका काममा ढिलासुस्ती एवं अनावश्यक बाधाअड्चन आइपर्ने योग छ । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव खड्किनाले चिसोपना बढेर जाने छ । महिनाको उत्तरार्धमा मन परेका सामग्रीको किनमेल तथा विभिन्न उपहार समेत मिल्ने छ । धार्मिक कामको यात्रा तथा सामाजिक प्रतिष्ठाको योग समेत छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मनोबल उच्च रहनाले कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । धार्मिक एवं सामाजिक क्षेत्रका काममा अभिरुचि बढेर जाने छ । पठनपाठनमा आएका बाधाअड्चन क्रमशः हटेर जानेछन् । घरायसी खर्चको मात्रा केही बढेर जाला । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको समेत सम्भावना छ । आर्थिक पक्षका काममा राम्रै सफलता मिल्ने छ । दम्पतीमा अनावश्यक विषयलाई लिएर खटपट पर्न जाला । महिनाको उत्तरार्धमा काममा आएका विघ्नबाधा क्रमशः हटेर जाने छन् ।प्रतिस्पर्धामा समेत सफलता प्राप्त होला ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । आत्मबल बढेर जानाले कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाला । आर्थिक पक्षका कामबाट राम्रै लाभको सम्भावना छ । दाम्पत्य सम्बन्धमा चिसोपना बढेर जाने छ । अध्ययन अध्यापनमा आएका बाधाअड्चन यथावत् रहने छन् । साथीहरूसँगको भेटघाट एवं रमाइलो ठाउँको भ्रमणका अवसर मिल्ने छन् । यात्रा एवं सवारी चलाउँदा भने होसियारी अपनाउनुपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक काममा समेत सहभागी हुनुपर्ने छ ।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१३:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि भदौ ८ गते मंगलबार कस्तो हुनेछ तपाईको दिन शुभ-अशुभ, हेर्नुहोस् भोलिको राशिफल!