रक्षा बन्धनमा यी ३ राशिमा हुनेछ भगवान शिवको कृपा, गर्नुहोस् यस्ता उपाय!

साउन महिना सनातन धर्म अनुसार धेरै महत्वोपूर्ण मानिन्छ । हिन्दुहरुको धार्मिक मान्यता अनुसार भगवान शिव यस साउन महिनामा पृथ्वीमा बास गर्नुहुन्छ। साउन महिनाको अन्तिम दिन रक्षा बन्धन पर्व मनाइन्छ। यस बर्ष यस पर्व भदौ महिना भेए पनि तिथि अनुसार साउन महिनाको अन्तिम दिन आइतबार अगस्ट २२ तारिखमा परेको छ ।

ज्योतिष शास्त्र अनुसार भगवान शिवको सावनमा आफ्ना सबै भक्तहरुमा कृपा हुनेछ। धार्मिक मान्यता अनुसार भगवान शिव । मेष, मकर र कुंभ राशिका मानिस हरुसँग बढी मात्रमा खुशी हुनुहुन्छ । तपाई पनि आइरबार परेको साउन महिनाको अन्तिम दिन यस उपयाको माध्यमबाट भगवान शंकर को विशेष कृपा प्राप्त गर्न सक्नुहुन्छ।

गंगा जलले गर्नुहोस अभिषेक
हिन्दु धर्ममा गंगाको पानीलाई पवित्र मानिन्छ । त्यसैले साउन महिनाको अन्तिम दिन शिवलाई खुशी पार्नको लागि शिव लिङ्गमा गंगाजल अर्पण गर्नु पर्दछ । यस सँगै शिवलिंगमा गंगा जल अर्पण गर्दा रुद्राष्टकम र ओम नमः शिवाय जप गर्नुहोस्। जलाभिषेक पछि भगवान शंकरलाई सात्त्विक चीजहरु चढाउनुहोस्।

भगवान भोलेनाथलाई गंगा जलले अभिषेक गरेपछि उनलाई शुद्द घिउले आरति गर्नु पर्छ । यस्तो गर्नाले भगवानको विशेष कृपा हुन्छ । परिवारमा आउने समस्य समाधान हुने मान्यता रहेको छ ।

भगवान शिवलाई पनि लगाई दिनुहोस् रक्षा बन्धन
साउन महिनाको अन्तिम दिन रक्षा बन्धनको दिन भगवान शिवलाई पनि रक्षा बन्धन लगाई दिनुहोस् । यसको अलावा भगवान शिवको पुत्र गणेशलाई पनि रक्षा बन्धान लगाई दिनुहोस् । मान्यता रहेको छ कि यस्तो गर्नाले वर्ष भरि नै शिवले आफ्ना भक्तको रक्षा गर्दछन्।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधले गर्दैछ राशि परिवर्तन, यी दुई राशि हुनुपर्नेछ एकदमै सजग!