रिलिज भयो अक्षय कुमारको बहुप्रतीक्षित् फिल्म बेलबटम, फिल्म हेर्नु भन्दा पहिले पढ्नुहोस् फिल्म समीक्षा!

अक्षर कुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ १९ अगस्टमा रिलिज भएको छ।

बलिउड अभिनेता अक्षर कुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ १९ अगस्टमा रिलिज भएको छ। अक्षयको साथमा फिल्ममा वाणी कपूर, हुमा कुरैशी र लारा दत्ता मुख्य भूमिकामा छन्। यो फिल्म १२३ मिनेटको रहेको छ ।

फिल्म  समीक्षा
सुरुमा अक्षकुमार काहानी सुनाउदै गरेको अवस्थाम देखिने छन् । यस फिल्ममा अक्षयको भूमिका एक एजेन्टको हुनेछ । जसले एक अपहरण गरीएको विमानको पुन: कब्जा मुक्त गराउन बिना कसैको हत्या गरी विमानमा सभार यात्रुलाई जीवित रुपमा आफ्नी भूमिमा अवतरण गराउन असम्भव मिसनलाई अक्षले पुरा गरेको देख्न सकिने छ ।

यस फिल्ममा अक्षय कुमारको भूमिका एक निष्ठ कर्तव्यवानको व्यक्तिको भूमिका निभाएका छन् । फिल्ममा अक्षयको आमाको भूमिकामा डली अहलुवालियाले निभाएकी छिन्। जसको मृत्यु पाकिस्तानीहरु द्वारा एक भारतीय उडानको अपहरण समयमा हुन्छ। फिल्ममा अक्षयको आमा बिरामी हुन्छिन् र अपहरणकारीले जीवन बचाउने अक्सिजन नदिएपछि उनले आफ्नो ज्यान गुमाएकी हुन्छिन्।

वाणी कपूर फिल्ममा अक्षय कुमारकी श्रीमतीको भूमिकामा छिन्। उनको चरित्रमा एक अद्भुत मोड छ। जुन धेरै पछि कथामा देखिन्छ। लारा दत्ताले श्रीमती इन्दिरा गान्धी र हुमा कुरैशी दुबई सरकारका लागि काम गर्ने विशेष एजेन्टको भूमिकामा छन्।

फिल्ममा अक्षयको भूमिका एक सामान्य व्यक्तिको रहेको छ । तर जब अक्षय डियुटीमा हुन्छन् तब सबै काम छोडेर आफ्नो काम ध्यान दिन्छन् । फिल्मको कथा वस्तु निकै आकर्षक रहेको छ । फिल्ममा हरेक पात्रको आगमन विशेष रहेको छ । फिल्मको दोश्रो हाफा पछी झनै कथावस्तु यति मनमोहक छ कि तपाईले फिल्म सकिएको थाहापाउनु हुने छैन।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली नायिका अदिति समुन्द्र किनारामा देखिईन यति ह-ट [हेर्नुहोस् तस्विर सहित ]