गायन रियालिटी शो ‘इन्डियन आइडल’ का विजेता पवनदीप राजनले शोको प्रतियोगी अरुणिता कांजीलालको बारेमा विशेष कुरा भनेका छन् ।
यतिबेला गायन रियालिटी शो ‘इंडियन आइडल’ को समापन भएको छ । जसमा पवनदीप राजनको नाम विजेताको रूपमा आइसकेको छ । त्यस्तै शोको फस्ट रनर अप अरुणिता कांजीलाल, तेस्रो स्थानमा सायली काम्बले र चौथो स्थानमा मोहम्मद दानिश रहेका थिए।
शोको विजेता पवनदीपले विजेता मुद्राको रूपमा २५ लाख र एक चमकदार मारुती स्विफ्ट कार प्राप्त गरेका छन् । इन्डियन आइडलको समयमा पवनदीप र अरुणिताको सम्बन्धले पनि धेरै समाचार बनायो। शोको अन्त्य पछी पवनदिप लगातार विभिन्न सामाजिक सञ्जालहरुमा अन्तर्वार्ता दिइरहेका देख्न सकिन्छ ।
अहिले एक अन्तर्वार्ताको क्रममा पवानदिप राजनले भनेका छन् । उनी अरुणिता सँग लामो यात्रामा जान जान चाहन्छन्। यतिमात्र नभई उनि बाकि सबै प्रतियोगिको साथमा घुम्न जाने योजना बनाई रहेका छन् । पवनले भने सबैभन्दा पहिले उनि आफ्ना ६ प्रतियोगी साथिहरुको साथाम केदारनाथको दर्शन गर्न चाहन्छन् ।
त्यसपछि उनि आफ्नो घर गएर आफ्ना आमा बाबुको साथमा समय बिताउन चाहान्छन् । यस पछी उनि मुम्बई आएर साथहरुको सँगै घर लिएर साथीहरु सँगै बस्ने योजना बनाइरहेका छन्। शो जित्न सफल भएकोमा पवनले हात जोडेर सबैलाई बधाई दिएका छन् ।
एक अन्तर्वार्ताको क्रममा पवनदिपले भनेका छन् । उनले पुरस्कार पाएको रकमबाट आफ्नो जिल्लामा एक संगीत स्कूल खोल्न चाहन्छन्। ताकि त्यहाँका बच्चाहरु राम्रो संगीत शिक्षा पाउन र उनीहरु जीवनमा यस क्षेत्रमा अगाडि बढ्न सकुन् ।