अभिनेता खगेन्द्र लामिछानेलाई भयो पुत्री लाभ, तस्बिर सार्वजनिक गर्दै लेखे यस्तो सन्देश!

नेपाली सिनेमा क्षेत्रको सालिन तथा अब्बल अभिनय गर्न सफल अभिनेता खगेन्द्र लामिछानेलाई पुत्री लाभ भएको छ।

खगेन्द्रको पत्नी रोजिना सिटौलाले आज बिहान करिब ९ बजेको समयमा छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले यस खुशीको खबरलाई सामाजिक सञ्जाल इन्स्टाग्राम व्यक्त गरेका छन् । पहिलो पटक बाबु बनेका खगेन्द्रले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै लेखेका छन् । ‘ यो संसार तिमीलाई स्वागत छ छोरी’ भनेर स्टाटस लेखि तस्बिर पोस्ट गरेका छन् ।

यतिबेला खगेन्द्रले पोस्ट गरेको तस्बिरमा उनलाई बधाई दिनेको ओइरो लागेको छ । खगेन्द्रले यो तस्बिर सामाजिक सञ्जालमा करिब ४ घण्टा पहिले पोस्ट गरेका हुन् । यतिबेला खगेन्द्रलाई सामाजिक सञ्जाल मार्फत कलाकार तथा उनका शुभ चिन्तकहरुले बधाई दिइरहेका छन् ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुखको छोरी सुहाना बलिउडमा डेब्यु गर्दै, कस्तो होला उनको भूमिका?