सुर्य उर्जाको श्रोत हो । ज्योतिष शास्त्र अनुसार सूर्यलाई ग्रहरुको राजा पनि भनिन्छ । आज साउन महिनामा ४ बर्ष पछि सूर्य पूजाको एक विशेष योग बनेको छ। आजको दिन सुर्य पूजा गर्नाले व्यक्ति नोरोगी हुनेछ ।
साउन महिनामा शिवको साथै सुर्य देवको पूजा गर्नु विशेष महत्वो मानिन्छ । यस साउन महिनामा दैनिक बिहान सुर्य देवको पूजा गरि जल चढाउनाले लाभ मिल्छ । यस बाहेक साउन महिनाको शुल्कपक्षको दिन यदि आइतबार पर्छ भने यस दिनलाई भानु सप्तमी भनिन्छ । साथै यस दिन सुर्यको पूजा गर्नाले जीवनका सबै समस्याहरु र रोगहरुबाट मुक्ति पाइने मान्यता रहेको छ।
४ वर्ष पछी बनेको यस्तो अद्भूत योग
साउन महिनाको शुल्क पक्ष सप्तमी तिथि यस वर्ष आइतबार परेको छ । यस्तो अद्भुत योग ४ वर्ष पछी परेको हो । यस बाहेक आज विशाखा नक्षत्र पनि परेको छ । आज परेको यस्तो अद्भुत योगमा भगवान सूर्यलाई जल चढाई पूजा गर्नाने सारा समस्या समाधान हुने साथै शुभ फल मिल्ने मान्यता रहेको छ ।
यसरी गर्नुहोस् पूजा व्रत
भानु जयन्तिको दिन सुर्यको पूजा ब्रत बस्नाले लाभ मिल्ने मान्यता रहेको छ । तेसैले यास दिन बिहान नै स्नान गरी सूर्यलाई जल चढाउनुहोस् र उपवासको व्रत लिनुहोस्। तामाको लोटामा शुद्ध जल लिनुहोस् र तेसमा रातो चन्दन, तिल, जौ, रातो फुल, अक्षता मिसाउनु होस्। यसरी मिसाय पछी तेस जलले सुर्यलाइ अर्घ दिनुहोस्।
जाल चडाउने समयमा ॐ घृणि सूर्याय नम: मन्त्रको जप गर्नुहोस् र जाल चढाई साकेपछी गायत्री मन्त्रले जप गर्नुहोस् । यस व्रतमा फलहार गर्नुहोस् तर नुन नखानुहोला । सकिन्छ भने पुरा दिनभर तामाको भाडाको पानि मात्र पिउनुहोस् । यसले धेरै सकारात्मक उर्जा दिन्छ।