सारा अलि खानले स्कुलमा गरेकी थिईन् यस्तो अपत्यारिलो हर्कत, सस्पेन्ड हुनै आँटेकी थिईन्

एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री सारा अलि खानले बिहिबार १२ अगस्टमा आफ्नो २६ औँ जन्मदिन मनाइन्। फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यु गरेकी सारा अलि खानका अहिलेसम्म थोरै फिल्महरु मात्र रिलिज भए। तैपनि उनको जबरदस्त फ्यान फलोइङ छ।

सारा अलि खान आफ्नो प्रोफेशनल सँग-सँगै पर्सनल लाइफको कारण पनि चर्चामा रहन्छिन्। एक अन्तर्वार्तामा साराले आफ्नो जिन्दगीको अत्यन्तै खास कुराको खुलासा गरेकी थिईन्। साराले आफ्नो स्कुलको यस्तो किस्सा बताएकी थिईन्, जसको कारण उनी स्कुलबाट सस्पेन्ड हुने वाला थिईन्।

साराले आफ्नो स्कुलका दिनहरु याद गर्दै भनिन् – “मलाई आफ्नो स्कुलको एक किस्सा याद छ, जब मैले क्लासको फ्यानमा गम राखे र जब फ्यान चलाइयो तब गम पूरै क्लासभरी फैलिएको थियो। यस्तो हर्कतले स्कुलको प्रिन्सिपल यति रिसाए कि लगभग मलाई सस्पेन्ड गर्ने वाला थिए। प्रिन्सिपलले मलाई बारम्बार त्यस्तो किन गरेकी भनेर प्रश्न सोधिरहेका थिए तर मसँग त्यो सवालको कुनै जवाफ थिएन।”

साराले बताईन् – ‘मेरा मातापिता कलाकार हुन् तर मलाई स्कुल लाइफमा कहिल्यै महसुस भएन कि कुनै कलाकारकी छोरी हुँ र स्टार परिवारको घरमा हुर्किएकी हुँ। बुबा मलाई सधैँ पढ्न भन्नुहुन्थ्यो जबकि मेरी आमा विनम्र रहन भन्नुहुन्थ्यो। म आफुलाई पनि एक स्टारको रुपमा हेर्दिन।’

सारा अलि खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी पछिल्लो पटक वरुण धवनको फिल्म ‘कुली नम्बर १’ मा देखिएकी थिईन्। उनी छिट्टै अक्षय कुमार र धनुषसँग फिल्म ‘अतरंगी रे’ मा देखिनेछिन्।

प्रकाशित : शनिबार, साउन ३०, २०७८१४:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कंगनाले ब्रालेट लगाउँदा भड्किए फ्यान्स, सनातन धर्मको ज्ञान दिनेलाई दिईन् कडा जवाफ