मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सप्रिएको साता भन्न मिल्दैन । खर्च बढी नै होला भने पारिवारिक समस्यासमेत जटिल रूपमा खडा हुनेछ । मद्दत गर्नेहरूको सङ्ख्या त्यति छैन । व्यापार व्यवसायमा लगाएको बुद्धिले मात्र काम गर्ला । गणेशको सेवा गरिरहनुहोस् ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
बेकारका झगडा परिरहनेछन् । साताको अन्त्यतिर बन्न–बन्न लागेको काम पनि बिग्रन सक्छ । मद्दत गर्ने मित्रहरू नभए त टिक्नलाई गाह्रो पर्नेछ । सूर्यको दर्शन गरिरहनुहोस् । यसले समस्यामा कमी आउला । व्यापार व्यवसायको कामले अलिकति भए पनि टेवा देला ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
समय त्यति नराम्रो होइन । काम गर्ने उत्साह बढ्ला भने गरेका काम बन्ने पनि छन् । साना साना समस्या त खडा होलान् तर त्यसलाई समाधान गर्न सक्ने क्षमता राम्रो देखिन्छ । बौद्धिक स्तर पहिलेको भन्दा विकसित भएर आएको छ । जागिरतिर नराम्रो समय छैन ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
सुरुका दुई दिन राम्रा खालका छैनन् । स्वास्थ्यसम्बन्धी समस्या परेर खर्च भइरहला । सोमबारदेखि प्रगतिको रेखा देखा पर्दछ । खर्च नघटे पनि गरेका काममा प्रगति हुनाले मनमा उत्साह बढी रहला । व्यापार व्यवसायबाट फाइदा छ । प्राविधिक काममा राम्रो लक्षण देखिन्छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मनमा डर लागिरहला तर बिग्रने समय छैन । बाधा दिने तìवहरू भए पनि तिनीहरूसँग सामना गर्न सक्ने क्षमता छ । व्यापारसम्बन्धी कामले सामान्य लाभ मात्र देला । जागिरबाट भने राम्रै खालको सन्तोष हुनेछ । गणेशको दर्शन र आराधना गरिरहनुहोस् ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
खर्च त घट्ने देखिन्न तर गरेका काममा सफलता पाइनाले मनमा सन्तोष नै हुनेछ । आन्तरिक व्यापारभन्दा बाह्य व्यापारबाट फाइदा हुनेछ । प्रेम वा विवाहको विषयमा पनि हाल प्रगति देखा पर्छ । यात्राको सम्भावनासमेत टड्कारो रूपमा देखिन्छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
रमाइलोसित साता सुरु होला । सुरुका दुई दिन भोजभतेर पर्ने र मित्रहरूसँग भेटघाट हुने सम्भावना छ । आर्थिक स्थिति बिग्रिएको छैन । लाभका स्रोतहरू निकै छन् । मित्रहरूसमेत असल खालका छन् । नोकरीतिर भने मध्यम सन्तुष्टी मात्र होला।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
काम गर्ने हौसला कत्ति पनि घट्ने छैन । गरेका काम धेरैजसो सफल पनि हुनेछन् । पढाइ लेखाइमा समेत हाल केही प्रगति नै हुनेछ । नयाँ मित्र थपिने लक्षण छ । केही नयाँ कामसमेत हातमा पर्न सक्छ । व्यावसायिक कामबाट राम्रै लाभ लिनु हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
पहिलेको जस्तो जटिल समय छैन । सूर्यको स्थिति सप्रिएर आएकाले जटिलताका रेखाहरू परपर जाँदैछन् । मनमा भएको भय र शङ्कासमेत बिस्तारै घटेर जाला । असल काम गर्नतिर मन जाला भने गरेका काम सफलसमेत हुनेछन् । पढाइतिर ठूलो प्रगति देखिन्न।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सुरुका दिनमा केही काम बन्नेछन् । खासगरी सोमबार बेलुकासम्म राम्रै प्रगति गर्नुहुनेछ तर मङ्गलबारदेखि भने निराशाका छायाँहरू देखा पर्न सक्छन् । सूर्यको स्थिति राम्रो छैन । सपार्नेभन्दा बिगार्नेहरूको सङ्ख्या बढ्न सक्छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
त्यति नराम्रो साता होइन । असल काम गर्नतिर मन जाला भने गरेका काम बन्ने पनि छन् । सानातिना समस्यालाई टार्न सक्ने प्रतिभा जति भए पनि छ । मित्रहरूबाट बिस्तारै सहयोग पाइनेछ । रिस गर्नेहरूको भने कमी छैन।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
सुरुका दुई दिनलाई राम्रो भन्न सकिन्न । बन्नबन्न लागेको कामसमेत बिग्रिएला । सोमबारदेखिका दिन राम्रा खालका छन् । असल काम गर्नेतिर मन जाला भने गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा भएको नैराश्य बिस्तारै घटेर जाला।
-ज्योतिषाचार्य दामोदरनाथ लोहनी