कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री लक्षित आलोचना, सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवाले महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै यस्तो भनेका छन् ।’पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।
आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?
यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’

आज बिहान फेसबुकमा एक पोस्टको मार्फत यस कुरालाई भनेका हुन् । उहाँको भनाइ अनुसार चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन समय थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका छन् । पार्टी नेतृत्व राम्रो नहुन सक्दा आयोगसँग भिख माग्ने अवस्थामा  पुर्याएको उहाँको भनाइ छ ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१३:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज शनिबार : सुखमय रहनेछ यी राशिको दिन, तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?