काठमाडौँ : ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धि, तर्क, सञ्चार, गणित, चुतुर्याई र मित्र को कारक मानिन्छ। सूर्य र शुक्र ग्रहलाई बुधको मित्र ग्रह मानिन्छ भने चन्द्रमा र मंगल ग्रहलाई यसको शत्रु ग्रहको रूपमा हेरिन्छ। बुध ग्रह मिथुन र कन्या राशिका स्वामी ग्रह पनि हुन्। यस ग्रह कन्या राशिमा उच्च र मीन राशिमा रहन्छ। अँग्रेजी महिना अगस्टमा बुध ग्रहले दुई पटक आफ्नो राशि परिवर्तन गर्नेछ।
यो महिना बुध सिंह र कन्या राशिमा प्रवेश गर्नेछ। बुध साउन २५ गते सोमबारको दिन राति १ बजेर ३८ मिनेटमा कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्नेछ। यस राशिमा बुध भदौ १० गते बिहीवार बिहान ११ बजेर २३ मिनेटसम्म विराजमान रहनेछ। सिंह राशिमा बुधको गोचरले सबै राशिमा शुभ-अशुभ प्रभाव पार्नेछ। केही विशेष राशिका मानिस यसबाट लाभान्वित हुन सक्छन्। जान्नुहोस् बुधको यो गोचरका कारण लाभ प्राप्त गर्ने राशि कुन-कुन हुन् त……
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
तपाईंको लागि यो समय शुभ रहनेछ। यो अवधिमा तपाईंले विभिन्न सफलता प्राप्त गर्न सक्नुहुनेछ। कार्यस्थलमा अनुकूल परिस्थिति बन्नेछ। काममा उन्नति हुने सम्भावना छ। व्यापार-व्यवसायमा नाफा हुनेछ। आर्थिक योजनाहरु पनि सफल हुनेछन्। वैवाहिक जीवन सुखमय रहनेछ। जीवनसाथीको सहयोग मिल्नेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
बुधको गोचरको प्रभावले तपाईंले शानदार परिणाम प्राप्त गर्न सक्नुहुनेछ। तुला राशिका मानिसहरुको लागि यो अवधि अद्भुत रहनेछ। हरेक काममा सफलता मिल्नेछ। तपाइको आर्थिक पक्ष बलियो हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तथा सहकर्मीको साथ-सहयोग मिल्नेछ। परिवारका सदस्यहरुबीच मेलमिलाप हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
बुधको गोचर कुम्भ राशिका मानिसको लागि पनि अत्यन्त शुभ रहनेछ। वैवाहिक जीवन सुखमय तरिकाले बित्नेछ। जीवनसाथीले तपाईंलाई पूर्ण समर्थन दिनेछन्। कार्य-व्यापारमा सफलताको योग रहेको छ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। नयाँ काम पाउने सम्भावना पनि रहेको छ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ।