ढिक्के नुन जस्तै देखिने फिट्कीरी बिरेनुन जसतै पहाडमा पाउन सकिन्छ । यसलाई विभिन्न औषधिको रुपमा प्रयोग गरिन्छ। औषधिको रुपमा बाहेक फिट्कीरीलाइ ज्योतिष शास्त्र अनुसार विभिन्न काममा प्रयोग गर्न सकिन्छ । जसबाट गरेका विभिन्न कममा लाभ हुन्छ । रातो किताबमा फिट्कीरी पानीले कुल्ला गर्न सुझाव दिएको छ । आज यस पोस्ट मार्फत फिट्कीरीको फाइदाको बारेमा जानकारी गराउने छौ ।
१. रातो किताबको अनुसार ग्रहको स्थिति अनुसार फिट्कीरी पानीले कुला गर्न सुझाव दिइन्छ । जसले तपाईलाई एकदमै शुभ हुनेगर्दछ । तर यसरी फिट्कीरी पानीले कुल्ला गर्दा कुण्डली हेरेर मात्र गर्दा राम्रो हुन्छ ।
२. सामान्यतया कुण्डलीमा शुक्र ग्रह र बुध ग्रहलाई बलियो बनाउनको लागि फिट्कीरी पानीले कुल्ला गर्ने गरिन्छ । शुक्र दोष कम हुनाले जीवनमा शुख र समृद्धि बढ्छ ।
३. मानिन्छ हरेक राति सुत्नु भन्दा अगाडी फिट्कीरीले दाँत सफा गर्नाले लाभ हुनेछ । यसरी सफा गर्नाले शनि दोष पनि कम भएर जान्छ ।
४. लगातार ४३ दिनसम्म फिट्कीरी पानीले मुख कुल्ला गर्नाले शुक्र दोष कम भएर धन लाभ हुनेछ।
५. यदि तपाईको कुण्डलीमा दोस्रो भावमा बुध ग्रह छ भने फिट्कीरी पानीले कुल्ला गर्नाले धन लाभ हुनेछ ।