बलिउड अभिनेता सञ्जय दत्त यस्ता अभिनेता हुन् जसको नाम फिल्म क्षेत्रबाट भन्दापनि धरै उनको व्यक्तिगत जीवनको बारेमा बढी चर्चामा हुन्छन् ।
बलिउड अभिनेता सञ्जय दत्तको जन्म सन १९५९ जुलाई २९ मा भएको थियो । अभिनेता आज उनको ६१ औ जन्मदिन मनाइरहेका छन् । सञ्जय दत्त यस्ता अभिनेता हुन्, जसको नाम फिल्म क्षेत्र भन्दा पनि उनको व्यक्तिगत जीवनको विभिन्न विषयलाइ लिएर चर्चामा आइसकेका छन् । अभिनेता सञ्जय दत्तको बलिउड डेब्यु फिल्म रक्की बाट अभिनय यात्रा शुरु गरेका थिए ।
सञ्जय दत्त पहिलो फिल्मबाट नै स्टार बने उनको अभिनयलाई दर्सकले मन पराए र ठुलो संख्यामा युवतीहरु उनको प्रसंशक भए । यति मात्र नभई तेस समयमा सञ्जय दत्त जुन अभिनेत्री हरु सँग काम गर्थे तेस अभिनेत्री सँग प्रेममा भएको भन्ने खबर आउथ्यो ।
माधुरी दिक्षित सँग जोडिएको थियो नाम
बलिउडको चर्चित अभिनेत्री माधुरी दिक्षित सँग सञ्जयको नाम लामो समयसम्म जोडिएको थियो । मिडिया रिपोर्टको अनुसार तेस समयमा दुबैजना एक अर्काको प्रेममा थिए र दुबै जना विवाह गर्ने तयारीमा लागेका थिए । जब मुम्बई बम काण्डमा सञ्जयको नाम आएको थियो, तेस समयबाट माधुरीले सञ्जय संगको प्रेमबाट आफुलाई टाढा बनाएको थिइन् । तेस्पछी दुबैको प्रमको अन्त्य भएको थियो ।
रेखासँगको विवाहको खबर
माधुरीको अलावा सञ्जयको मन अन्य अभिनेत्रीहरुमा पनि आएको थियो । यस्ती एक अभिनेत्री छिन् जसको प्रेममा सञ्जय दत्तमात्र नभई उनको बाबु पनि परेका थिए । सञ्जय दत्तको बाबु सुनिल दत्त पनि कुनै समयमा बलिउडको चर्चित अभिनेत्री रेखाको प्रेममा परेका थिए । भनिन्छ अभिनेता सञ्जय दत्त ५ वर्ष भन्दा बढी अभिनेत्री रेखाको प्रेममा परेका थिए । सञ्जय र रेखाको भेट फिल्म जमीन आसमानको शुटिंग स्थलमा भएको थियो ।
फिल्ममा सञ्जयको भूमिका रेकाको छोराको थियो तर फिल्म शुटिंगको समयमा दुइ बिचमा खास सम्बन्ध बनेको थियो । तेस समयमा केहि मानिषहरुमा यस्तो हल्ला फैलिएको थियो, रेखा र सञ्जयले मन्दिरमा लुकेर विवाह गरे । यस्तो हल्ला फैलिए पछी सञ्जयका बाबु सुलिलले सञ्जयलाइ आफ्नो करियरमा ध्यान दिन भने।
तेसको केहि समय पछी सामाजिक सञ्जालहरुमा सञ्जय र रेखाको विवाहको खबर आउन लाग्यो तेस्पछी सञ्जयको बाबुले सञ्जयलाई भन्दा रेखालाई भन्ने निर्णय गरेर रेखालाई भनेपछि रेखाले सञ्जयबाट टाढा रहेको थिइन् । तेसै समयमा सञ्जयले पत्रकार सम्मेलन गरेर उनको र रेखाको प्रेम सम्बन्धमा छापिएका खबरको खण्डन गरेका थिए ।
वास्तवमा सञ्जय दत्त भन्दा पहिले रेखाको नाम सञ्जय दत्तको बाबु सँग जोडिएको थियो । रेखा र सुलिलले फिल्म प्राण जाये पर वचन ना जाये र नागिन जस्ता फिल्ममा संगै कम गरिसकेका छन् । तेस समयम सुनिल विवाहित थिए । तेस बेलाम रेखा र सुनिलको प्रेम सम्बन्धको बारेमा सुनुलको श्रीमती नरगिसाले थाहा पाएको थिइन् । सुनिल र रेखाको सम्बन्धको बारेमा थाहा पाएपछि नरगिसा संगको सम्बन्ध बिग्रने डरले सुनिलले रेखा संगको सम्बन्धबाट टाढा भएका थिए ।