यी राशिलाई अत्यन्तै शुभ छ अगस्ट महिना : पदोन्नतिको योग छ, मान-सम्मान बढ्नेछ, हुनेछ मनग्यै लाभ

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आर्थिक रुपमा महिना धेरै राम्रो रहने देखिन्छ। लगानी गरिएका क्षेत्रहरुबाट राम्रै प्रतिफल मिल्नेछ। व्यापार-व्यवसाय राम्रोसंग चल्नेछन्। विभिन्न क्षेत्रमा राम्रा परिणाम मिल्नेछन्। महिनाको मध्यमा अर्थपूर्ण यात्राको अवसर जुर्न सक्ला। कलाकार तथा खेलाडीहरुका लागि समेत महिना शुभ देखिन्छ। तर महिना अन्त्यमा भने केहि कठिनाईको सामना हुन सक्ने देखिन्छ। महिनाकोया अन्तिम हप्ता नयाँ कार्यमा लगानी नगर्नुहोला। स्वास्थ्यको कुरा गर्ने हो भने महिना धेरै शुभ देखिन्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

धन प्राप्तिको विषयमा महिना धेरै राम्रो देखिन्छ। तर खर्चमा नियन्त्रण नहुँदा भने महिनाको दोस्रो हप्तामा आर्थिक समस्याले सताउन सक्ला। महिनाको शुरुवातबाटै खर्चमा नियन्त्रण राख्न सकेको खण्डमा आर्थिक समस्या टर्नेछन्। दाम्पत्य जीवन महिनाभर सामान्य रहनेछ। पारिवारिक रुपमा पनि महिनालाई सामान्य मान्न सकिन्छ। कुनै पनि निर्णय गर्नुअगाडी आग्रह अथवा परिवारको सल्लाह लिनु उचित हुनेछ। साथै परिवारका सदस्यको स्वास्थ्यमा विशेष ध्यान दिनु होला। विद्यार्थी वर्गका लागि महिना धेरै शुभ रहनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –


मिथुन राशि हुनेहरुका लागि महिना धेरै शुभ रहनेछ। प्रतिष्ठित दायित्व बहन गर्ने अवसर मिल्नेछ। समाजसेवाले मान-सम्मान दिलाउनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। महिनाको पहिलो हप्तामै पदोन्नतिको योग रहेको छ। नयाँ योजना हातलागी होला। आर्थिक रुपमा पनि महिना ठीकठाक नै रहनेछ। तर यस महिना सम्बन्धहरुमा दरार आउने सम्भावना रहेको छ। श्रीमान-श्रीमती बीच मात्र नभई परिवारका अन्य सदस्यहरुबाट पनि असहयोग हुनेछ। बोलिमा सक्दो नियन्त्रण राख्नु होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

महिनाको अन्त्यमा ठूलै आर्थिक संकट आइपर्ने हुँदा महिनाको शुरुवातबाटै सतर्क रहनु होला। अनावश्यक खर्च कटौती गर्नुपर्नेछ। सकेसम्म आर्थिक लेनदेन नगरेकै उचित हुने देखिन्छ। व्यवसायमा समस्या नै सामान्यको सामना हुन सक्छ। रोजगारमा हुनेहरुका लागि पनि महिना खासै सुखद रहने देखिँदैन। कार्यक्षेत्रको माहोल पनि प्रतिकुल रहला। परिवारमा पनि कलह बढ्न सक्छ। महिनाको अन्तिम दिनहरुमा भने अवस्थामा केहि सुधार आउनेछ। महिनाको अन्त्यमा टाढाको यात्रा हुन सक्ला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

महिनाको शुरुवातबाटै आर्थिक स्थितिमा सुधार आउनेछ। बन्द भएका कार्य शुरु हुनेछन् भने घाटामा रहेका व्यवसायमा एक्कासी सुधार हुनेछ। नयाँ कार्य थालनीमा परिवार मात्र नभई मित्रजनको समेत सहयोग रहनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर दिलाउनेछ। आत्मविश्वास पनि उच्च रहनेछ। स्वास्थ्यमा रहेका समस्या देखि समेत छुटकारा मिल्दा उर्जा थपिनेछ। यधपी घर-जग्गा सम्बन्धि कारोबारका लागि भने महिना शुभ मान्न सकिँदैन। सजिलै अरुको विश्वास नगर्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

महिना कन्या राशि हुनेहरुका लागी मिश्रित रहनेछ। सामाजिक कार्यमा रूची बढ्नेछ। उचित मौका मिलेको खण्डमा आफ्नो क्षमता प्रदर्शन गर्न सकिनेछ। मान-सम्मान वृद्धि हुनेछ। महिनाको शुरुवातमै यात्राको अवसर जुर्नेछ। महिनाको अन्तिम हप्तामा हुने यात्रा भने बेकार जानेछ। आर्थिक रुप्प्मा महिनालाई खासै सुखद मान्न सकिँदैन। खर्चमा हदै सम्मको नियन्त्रण आवश्यक रहला। मिडियाकर्मी तथा कलाकारहरुका लागि भने महिना धेरै लाभप्रद रहनेछ। त्यास्तई विधार्थीहरुका लागि पनि महिना शुभ नै मान्न सकिन्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

महिना तुला राशि हुनेहरुका लागि कष्टकर रहने देखिन्छ। जीवनमा विभिन्न प्रकारका समस्या आइपर्नेछन्। सामान्य कार्य सफल गराउन पनि धेरै मिहिनेत गर्नुपर्नेछ। आर्थिक रुपमा महिना सामान्य रहनेछ। खर्चमा नियन्त्रण राख्न सकेको खण्डमा ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने छैन। अनावश्यक कार्यमा समय वर्वाद हुन सक्छ। महिनाको अन्त्यमा भने अवस्थामा सुधार हुनेछ। अन्तिम हप्तामा आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउन पनि सकिएला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सकारात्मक ऊर्जाको कमी रहला। स्वास्थ्यमा पनि महिनाभर खासै राम्रो रहने देखिँदैन। बोलि तथ्य व्यवहारमा नियन्त्रण नहुँदा अनावश्यक झमेला खडा होला। यात्रा गर्नको लागि पनि महिना खसिया सुखद छैन। शत्रु समेत हावी हुने महिना रहेको छ। परिवार तथा आफन्तजनबाट उचित सहयोग मिलेमा भने केहि समस्याहरु दूर हुनेछन्। कलाकारहरुका लागि भने महिना राम्रै देखिन्छ। कानुनी क्षेत्रमा रहनेहरुका लागि पनि महिना ठिकै रहला। महिनाको मध्यमा केहि उपहार प्राप्त हुने देखिन्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

महिना धनु राशि हुनेहरुका लागि धेरै शुभ देखिन्छ। ईमानदारीताका साथ गरिएका कार्यले सम्मान दिलाउनेछ भने आर्थिक रुपमा पानि लाभ दिनेछ। प्रेम जीवन उल्लासमय रहनेछ। बहुमूल्य वस्तु किन्ने अवसर जुर्न सक्ला। घर-जग्गा सम्बन्धि समस्या समाधान हुनेछन्। उच्चाधिकारीहरुसंगको सम्बन्धले पद्दोनती मिल्नेछ। सौन्दर्यता सम्बन्धि व्यवसाय गर्नेहरुका लागि महिना धेरै विशेष रहने देखिन्छ। कृषकहरुका लागि महिना शुभ रहनेछ। धार्मिक यात्राको अवसर पनि जुर्न सक्ला। मान-सम्मान प्राप्त हुने योग देखिन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

विशेषतः धन संचय तर्फ ध्यान दिनु होला। महिनाको अन्त्यमा आर्थिक संकटको सामना हुन सक्ने भएका कारण शुरुवात देखि नै तयार रहनु बुद्धिमानी ठहरिने छ। सरकारी जागिरेहरुका लागि महिना विशेष सावित हुन सक्ला। पदोन्नतीको योग देखिन्छ। त्यस्तै शिक्षनण पेशमा रहनेहरुका लागि पनि महिना राम्री रहला। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। समय, धन र बुद्धि अरुका लागि खर्च नहोस् भन्नका लागि सतर्क रहनु होला । महिनाको मध्यमा प्रियजनसंग भेट हुन सक्ला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मानिसक तनाव बढ्नेछ। सामान्य समस्याले पनि मानसिक रुपमा बढी दबाव सिर्जना गर्नेछन्। आफ्नो मात्र नभई अरुले गरेका गल्तीको समेत भागीदार हुनुपर्ने अवस्था रहला। महिनाको मध्य सम्म समय केहि कष्टकर रहेपनि महिनाको मध्यबाट आवस्थामा सुधार हुनेछ। त्यसपश्चात स्वास्थ्यमा सुधार हुनेछ भने आर्थिक रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्नेछ। महिनाको अन्तिम हप्तामा महत्वपूर्ण कार्य सफल हुनुका साथै नयाँ आयोजना मिल्नेछ। प्रेम जीवन पनि महिनाको शुरुवातमा भन्दा महिनाको अन्त्यमा राम्रो रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

महिनाभर उच्च सक्रियता रहनेछ। सक्रियता अनुसार फल मिल्द उर्जा बढ्नेछ। पराक्रम समेत बढ्ने भएका कारण शत्रुहरु सहजै पराजित हुनेछन्। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। रिस गर्नेहरुले पनि साथ दिनेछन्। कला क्षेत्रमा उल्लेख्य प्रगति मिल्नेछ। वैदेशिक यात्राको योजना समेत सफल रहला। यति हुँदा-हुँदै पनि सहयोगीहरुसंगको सम्बन्धमा भने विशेष ध्या आवश्यक रहनेछ।

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८०९:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज साउन २० गते बुधबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् दैनिक राशिफल!