भोलि साउन १८ गते साउनको तेश्रो सोमबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस भोलिको राशिफल!

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आर्थिक लेनदेनमा सचेत रहनु होला । वादविवाद हुनबाट टाढा रहनु होला अन्यथा परिवारका सदस्य संग कलह हुनसक्छ । खान पानमा सचेत रहनुहोला ।  स्वास्थ्यमा समस्या आउनसक्छ । अनावशेक धन खर्च हुनसक्छ । कर्यक्षेत्रमा लाभ हुनेछ । दिन सामान्य हुनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

दिन लाभ दाएक हुनेछ । शारीरिक तथा मनाषिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । आर्थिक योजना बन्नुको साथै धन लाभ हुनेछ । कलात्मक तथा सिर्जनात्मक क्षेत्रमा मन जानेछ । परिवारको साथमा रमाइलो समय बित्नेछ । नयाँ वस्त्र खरिद हुनेछ । आत्म विस्वास बढ्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

बोलि तथा व्यवहारमा सचेत रहनु होला । तपाईको बोलीको कारण विवाद हुन सक्छ सचेत रहनुहोला। स्वास्थ्यमा समस्या हुनसक्छ । बिषेस गरेर आँखामा समस्या हुन सक्छ, सचेत रहनु होला । खर्च बढ्न सक्छ। मानशिक चिन्ता बढ्ने छ। पुराना साथी भाइ भेट हुनेछन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

दिन लाभदायक साबित हुनेछ । जागिर र ब्यापारमा अनुकूल परिस्थिति बन्नेछ। धन आर्जन गर्ने सम्भावना छ। विशेष गरी महिला मित्रहरु लाई लाभ हुनेछ। साथीहरु संग रमाइलो यात्रा हुनसक्छ । आफन्त संग रमाइलो समय बित्नेछ । आर्थिक योजना सम्पन्न हुनेछ । विवाहको योग बन्नेछ। शारीरिक मानसिक स्वास्थ्य राम्रो रहनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

आत्मविश्वास र मनोबल बढ्नाले काम सहजै सम्पन्न हुनेछ । व्यवसाय क्षेत्रमा तपाइको प्रतिभा देखिने छ । नोकरीमा पदोन्नतिको सम्भावना छ। तपाइँ आफ्नो कामबाट उच्च अधिकारीहरु लाई प्रभावित गर्न सक्षम हुनुहुनेछ। पिताको पक्षबाट लाभ हुनेछ। सम्पत्ति र वाहन सम्बन्धी कार्य सजीलै पूरा हुनेछ। सरकारी काममा सफलता मिल्नेछ। पारिवारिक सुख मिल्नेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

दिन आनन्दमय बित्नेछ । आर्थिक लाभ हुनेछ विदेशमा रहेका मित्रको शुभ समाचार मिल्नेछ । धार्मिक कार्या तथा यात्राको लागि धन खर्च हुनेछ । बौद्धिक चर्चा बढ्नेछ। स्वस्थ्य सुधार हुनेछ। वैदेशिक यात्राको अवसर मिल्न सक्छ । सन्तान शुख प्राप्त हुनेछ । वाहनको उपभोग गर्दा बिषेस सावधानी अपनाउनु होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

नयाँ कामको थालनी नगर्नु उचित हुनेछ । व्यवहारलाइ नियन्त्रणमा राख्नुहोला । स्वास्थको ध्यान दिनुहोला । आकस्मिक धन खर्च हुनेछ । आमाबाट शुभ समाचार मिल्नेछ। आफनै साथिबाट धोका हुनसक्छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दैनिक कर्यबाट आराम मिल्नेछ । मित्र संग रमाइलो यात्रा हुनसक्छ । उत्तम भोजन तथा वस्त्र धारण हुनेछ । व्यापारमा लाभ हुनेछ । सामाजिक मान सम्मान बढ्ने छ । विपरित लिंगी प्रति आकर्षण बढ्ने छ । श्रीमती संग राम्रो समय बित्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

स्वास्थ्यमा सुधार हुनेछ । दिन रमाइलोमा बित्नेछ । शत्रु पराजित हुनेछन् । काममा साथीको सहयोग मिल्नेछ । अधुरो कम पुरा हुनेछ । स्त्रि मित्र संग भेट हुनेछ । आर्थिक लाभ हुनेछ । सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

मनाषिक तनाव बढ्नाले कुनै ठोस निर्णय लिनसक्नु हुनेछैन । सन्तान चिन्ता बढ्ने छ । घरमा अभिभावकको स्वास्थ्यमा समस्या आउन सक्छ । भाग्यले साथ दिनेछ । बाबुको सहयोग मिल्ने छ । दिउसो पछी शुभ समाचार मिल्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

धरै संवेदनशिल हुनुको कारण मानसिक तनाब बढ्नेछ । जिद्धिपन बढ्नाले सामाजिक रुपमा अपमानित हुन सकिन्छ । अचल सम्पति र वाहनको खरिद बिक्रीमा बिषेस सावधानी अपनाउनु होला । सौन्दर्य तथा वस्त्र खरिदामा धन खर्च हुनेछ । पढाईमा सफलता मिल्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

महत्वपूर्ण निर्णयहरु लागी दिन शुभ रहेको छ । गरेको काम सजिलै पूर्ण हुनेछन् । रचनात्मक र कलात्मक शक्ति बढ्नेछ। साथीहरु वा परिवारका सदस्यहरु संग यात्रामा जान सक्नुहुन्छ। कार्य सफल हुनाले मन प्रसन्न हुनेछ । प्रतिस्पर्धीहरु पराजित हुनेछन् ।

प्रकाशित : आइतबार, साउन १७, २०७८१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि साउन १९ गते मंगलबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् भोलिको राशिफल!