साउन महिनाको मासिक राशिफल : ग्रहगोचरले गर्दा यी राशिलाई शुभ छ यो महिना

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सामान्य मानसिक अस्थिरताको सिकार बनाउने योग रहेकाले मानसिक दुविधा केही बढेर जाने छ । सामान्य शारीरिक अस्वस्थतासमेत आइपर्ने सम्भावना छ । गर्न आँटेका काममा केही ढिलासुस्ती र अनावश्यक विघ्नबाधा आइपर्ने देखिए पनि कठिन सङ्घर्षका कारण सफलता मिल्ने योग छ । पठनपाठनका साथै धार्मिक एवं बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाने छ । सामान्य विश्वासघातको सम्भावना रहेकाले साथीसङ्गतमा विचार गर्नुपर्ला । महिनाको पूर्वार्धमा पारिवारिक भेटघाट, सामाजिक कार्यमा सहभागिता एवं मानसम्मानको योग छ भने उत्तरार्धमा सामान्य खर्च वृद्धिको योग छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सफलताको महिना छ । मनोबल उच्च रहनुका साथै आर्थिक प्रगति समेत राम्रो गराउला । मनमा नयाँ जोश जाँगर बढेर जानाले  प्रतिस्पर्धामा महत्वपूर्ण सफलता प्राप्त हुने देखिन्छ । बोलीमा विचार पु¥याउनुपर्ला अन्यथा आलोचनाको पात्र बन्नुपर्ने छ । सामान्य चोटपटकको सम्भावना भएकाले यात्रा एवं सवारी चलाउँदा विशेष होसियारी बन्नुपर्ने छ । आर्थिक लेनदेनसम्बन्धी कारोबारमा समेत सतर्कता आवश्यक छ, अन्यथा सामान्य नोक्सानी बेहोर्नुपर्ने देखिन्छ । साथीभाइ एवं इष्टमित्रको सहयोगले महत्वपूर्ण काम बन्ने छ । महिनाको उत्तरार्धमा पारिवारिक सुख, धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

लेनदेनसम्बन्धी आर्थिक कारोबारमा हानिनोक्सानी बेहोर्नुपर्ने देखिएकाले सतर्कता अपनाउनुपर्ने छ । अनावश्यक खर्चको मात्र केही बढेर जाने छ । धार्मिक एवं सामाजिक काममा गहिरो अभिरुचि लाग्ने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा समेत अभिरुचि देखिने छ । व्यर्थको विषयलाई लिएर अनावश्यक विवादमा पार्ने योगसमेत रहेकाले बोलीवचनमा विचार पु¥याउनुपर्ला । आफन्त एवं साथीहरूको सहयोगले महत्वपूर्ण काम बन्ने छ । महिनाको उत्तरार्धमा प्रेम एवं मनोरञ्जनमा मन जाने, काममा मानसम्मान मिल्ने, प्रतिस्पर्धामा विजयी हुनुका साथै धनागमको योग समेत छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

गर्न आँटेका काम तथा सोचेका योजनामा अनायासै झमेला र बाधा समेत आइपर्ने सम्भावना छ । घरायसी काममा खर्चको मात्रा बढेर जाने छ । सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ला । कार्य व्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा पर्न जाने छ । बोलीवचनमा विचार पु¥याउनु होला । तपाईंको परोक्षमा कुरा काट्ने तथा रिस गर्नेहरू देखिने छन् । धार्मिक कार्यमा सहभागिताका साथै महिनाको उत्तरार्धमा धनागम, मनोरञ्जन, भ्रमण एवं वस्त्रादि उपहार समेत प्राप्त हुने योग छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्य व्यस्तता बढेर जानाले शारीरिक परिश्रम समेत बढी नै पर्ने छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । काममा ढिलासुस्ती एवं मानसिक दुविधा समेत बढेर जाने योग छ । पठनपाठन एवं बौद्धिक क्रियाकलापका काममा मन लाग्ने छ । परोक्षमा कुरा काट्ने एवं काम बिगार्न खोज्ने हरू देखिने छन् । धार्मिक एवं सामाजिक काममा समेत अभिरुचि बढेर जाला । महिनाको पूर्वार्धमाआकस्मिक यात्राको सम्भावना छ । पारिवारिक सुख एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यस महिनामा तपाईंका ग्रहगोचर अनुकूल रहेका छन् । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । गर्न आँटेका काम तथा  प्रतिस्पर्धामा सफलता मिल्ने योग छ । आर्थिक कारोबारमा समेत सफलता प्राप्त होला । कर्मचारी वर्गका लागि पदोन्नति एवं सम्मान थपिने देखिन्छ भने व्यापारी वर्गका लागि मनग्गे धनार्जनको अवसर मिल्ने छ । पठनपाठनमा भने सामान्य बाधाअड्चन आइपर्ने छन् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मनले सोचेका काम तथा योजनामा सफलता मिल्ने छ । मनोबल उच्च रहनाले कार्यक्षमतामा समेत प्रगति हुनेछ ।  रोकिएका काम क्रमशः बन्दै जाने छन् । आर्थिक क्षेत्रका काममा सन्तोषजनक उपलब्धि हातपर्ला । धार्मिक तथा सामाजिक काममा समेत सहभागी हुनुपर्ने छ । इष्टमित्रसँगको रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन् । शारीरिक आरोग्यता अनुकूल रहने छ । महिनाको पूर्वार्धमा शारीरिक परिश्रम, दौडधूप एवं सामान्य चिन्तावृद्धिको योग रहे पनि उत्तरार्धमा हर्ष आनन्द एवं सफलता प्राप्त हुने छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्य व्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा पर्ने छ । व्यर्थको काममा दौडधूप समेत ज्यादा गर्नुपर्ने छ । महिनाको पूर्वार्धमा काममा सामान्य विघ्नबाधा आइपरे पनि उत्तरार्धमा हटेर जाने छन् । सामान्य रुघाखोकीसम्बन्धी समस्याले समेत सताउने देखिन्छ । महिनाको उत्तरार्धमा आर्थिक पक्षका कामबाट लाभ मिल्नुका साथै प्रतिस्पर्धामा सफलता समेत मिल्ने छ । रमाइलो यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने योग छ । अध्ययन अध्यापनमा सामान्य विघ्नबाधा आइपर्ने छन् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सामान्य अस्वस्थताको योग रहेकाले आहार-विहारमा विचार पु¥याउनुपर्ने छ । अनावश्यक खर्चको मात्रा बढेर जाने छ । गर्न आँटेका काममा ढिलासुस्ती गराउला । नयाँ काम एवं ठूलो आर्थिक लगानी नगर्दा नै फाइदा होला । तपाईंको रिस गर्ने एवं परोक्षमा काम बिगार्न खोज्नेहरू देखिएकाले सावधानी अपनाउनुहोला । महिनाको पूर्वार्धमा काममा विघ्नबाधा आए पनि उत्तरार्धमा सफलता मिल्नुका साथै विवादमा समेत विजयश्री मिल्ने छ । धार्मिक काममा अभिरुचि बढ्नुका साथै आकस्मिक यात्राको समेत सम्भावना छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

व्यर्थको दौडधूप एवं परिश्रम पर्ने देखिन्छ । यात्रामा हानिनोक्सानी हुने योग रहेकाले सतर्कता अपनाउनुहोला । अनावश्यक खर्च बढेर जाने छ । आँटेका काममा ढिलासुस्ती एवं सामान्य बाधाअड्चन आइपर्ने छन् । सन्तान एवं परिवारको चिन्ताले पिरोल्ने छ । अध्ययन अध्यापनमा ढिलासुस्ती गराउला । महिनाको पूर्वार्धमा काममा विघ्नबाधा, वादविवाद तथा खर्चको योग रहेपनि उत्तरार्धमा सफलता, धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शारीरीक आरोग्यता अनुकूल रहने छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । मनोबल उच्च रहनुका साथै कार्यक्षमतामा समेत उल्लेख्य प्रगति गराउने छ । पारिवारिक चिन्ताले मन बिथोल्ने छ । भाग्यले राम्रै साथ दिनाले आर्थिक कारोबारमा लाभ मिल्ने छ । कर्मचारी वर्गका लागि मानसम्मान एवं पदोन्नतिको समेत सम्भावना रहेको छ । अध्ययन अध्यापनमा मन्द प्रगति गराउला । महिनाको उत्तरार्धमा मनोरञ्जन एवं यात्राको सम्भावना छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मानसिक दुविधा बढेर जालान् । शारीरीक परिश्रम एवं कार्य व्यस्तता बढेर जानालेबे फुर्सदी गराउने छ । स्वास्थ्य अवस्था सामान्य रहने छ । पठनपाठनमा नसोचेका बाधा व्यवधान आइपर्ने छन् । खराब व्यक्तिको सङ्गतले दुःख पाउने देखिएकाले होस् पु¥याउनुहोला । दम्पतीमा घरायसी विषयलाई लिएर असमझदारी आउने सम्भावना रहेको छ । सन्तान एवं परिवारको चिन्ताले सताउने छ । महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

प्रकाशित : शनिबार, साउन ०९, २०७८२३:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज साउन ११ गते आइतबारको दैनिक राशिफल : कुन राशिलाई शुभ छ आजको दिन ?