यी ३ राशिमाथि रहनेछ शुक्रदेवको विशेष कृपादृष्टि, मिल्नेछ जीवनका हरेक क्षेत्रमा सफलता

काठमाडौँ :  ज्योतिषशास्त्रमा शुक्र ग्रहको विशेष स्थान रहेको छ। शुक्रलाई धन, लक्ष्मी र वैभवको कारक मानिन्छ। यसको प्रभाव कसै माथि पर्छ भने उक्त व्यक्तिको जीवन पूरै परिवर्तन हुन्छ। शुक्र ग्रहसँग सम्बन्धित मानिसले जीवनमा खुब सफलता प्राप्त गर्न सफल हुन्छन्। त्यस्ता मानिसको जीवनमा सधैं माता लक्ष्मीको कृपा रहन्छ।

जातकको जीवनमा मनग्य धन आगमन हुन्छ। शुक्रको प्रभावले मानिसको दाम्पत्य जीवन पनि सुखमय बनाउँछ। शुक्रको प्रभावले गर्दा व्यक्तिले वैवाहिक, शारीरिक र भौतिक जीवनमा धेरै सफलता पाउँछ। बुध र शनिलाई शुक्रका मित्र ग्रह मानिन्छ भने सूर्य र चन्द्र ग्रहलाई शत्रु ग्रह मानिन्छ। शुक्र ग्रहको प्रभावले ३ राशिका मानिसले आफ्नो जीवनमा थुप्रै सफलता प्राप्त गर्न सक्छन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

वृष राशिको स्वामी ग्रह शुक्र हो। ज्योतिष शास्त्रका अनुसार यो राशि चक्र सौन्दर्य र सौन्दर्यको प्रतिक हो। वृष राशिका मानिस निकै बुद्धिमानी हुन्छन्। तिनीहरूले प्रशासन र शिक्षाको क्षेत्रमा ठूलो सफलता प्राप्त गर्न सफल हुन्छन्। यस राशिका व्यक्तिसँग सहनशक्ति क्षमता धेरै हुन्छ। यस राशिका मानिसले आफैं परिश्रम गरेर जीवन खुब सुख-समृद्धि प्राप्त गर्छन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका मानिस निकै खुस मिजासका हुन्छन्। यिनीहरुलाई आफ्नो जिन्दगी ग्ल्यामरले भरिएको होस् भन्ने लाग्छ। यस राशिका मानिसले जीवनमा हरेक प्रकारको सुख-सुविधा प्राप्त गर्छन्। यी मानिस निकै मेहनती किसिमका हुन्छन्। उनीहरु आफ्ना आवश्यकताहरू पूरा गर्न कडा परिश्रम गर्छन्। यस राशिका व्यक्तिहरूले व्यावहारिक जीवन बिताउन रुचाउँछन्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

शुक्र ग्रह मीन राशिमा उच्च रहन्छ। यस राशि चिन्हका व्यक्तिहरू धेरै बुद्धिमान् हुन्छन्। यी व्यक्तिहरूको कलाप्रति धेरै झुकाव हुन्छ। यस बाहेक यी व्यक्तिहरूले औषधि, जीवविज्ञान र संगीतको क्षेत्रमा पनि सफल हुन सक्छन्। आध्यात्मिक दृष्टिकोण भएका यी मानिसले जीवनमा खुब सफलता प्राप्त गर्छन्। धर्म-कर्ममा पनि यी मानिसको मन लाग्छ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१९:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आदर्श दम्पति बन्नको लागि शिव पार्वतीको यी कथाबाट प्रेरणा लिनुहोस्